arrow

बैशाख २४ गते सार्वजनिक बिदा, यस्तो छ कारण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १४ शुक्रबार
bagmati-cm-office-81.jpg

हेटौँडा । बागमती प्रदेशले यही बैशाख २४ गते बागमती प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । प्रदेश सरकारले बिहीबार बसेको बैठकको निर्णय अनुसार प्रदेश सरकारले कामकाजी भाषा ऐन २०८० कार्यान्वयन यही बैशाख २४ गते सोमबारदेखि गर्ने भएकोले सो दिन बिदा दिने निर्णय गरेको हो ।

यसै गरी उक्त निर्णयको कार्यान्वय गर्ने दिन बागमती प्रदेशले दिवसको रुपमा मनाउने निर्णय सँगै यस खुशीयालीमा बसन्तपुरमा “बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा समारोह” को आयोजना गर्ने तयारी रहेको छ ।

बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र बज्राचार्यको संयोजकत्वमा “बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा मुल समारोह समिती” गठन गरी काठाडौँको बसन्तपुर डबलीमा उक्त घोषणा समारोह कार्यक्रम सम्पन्न गर्न लागेको छ भनी नेवाः देय् दवुका केन्द्रिय अध्यक्ष पवित्र बज्राचार्यले बताए ।

यसैगरी उक्त कार्यक्रमको लागि मूल आयोजक समारोह समिति, सचिवालयलगायत विभिन्न समिति, उपसमिति गठन गरेर कार्यसम्पादन गर्ने तयारी गरी रहेकोले सोही अनुसार अघि बढिरहेकोसमेत अध्यक्ष बज्राचार्यले बताए ।

यसबारेमा नेवाः देय् दवुका स्वनिगः विशेष प्रदेशका उपाध्यक्ष उमेश स्थापितले कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न नेवाः देय् दवु र नेपाल तामाङ घेदुङसंघका केन्द्रिय सदस्यहरु, विभिन्न खलपुचः जातीपुचः र संघ–संस्थाको प्रतिनिधिहरुबाट मूल आयोजक समारोह समिति बनाउने र उक्त समिती भित्रबाट सचिवालय बनाउने यसपछि सचिवालयका सदस्यहरुको संयोजकत्वमा विभिन्न समिति उपसमितिहरु गठन गर्ने तयारी रहेकोसमेत उनले बताए ।

यसरी बैशाख २४ गते सोमबार बिहान ७ बजेबाट र्याली शुरु हुने हुँदा सम्पूर्ण नेवाः देय् दवुसँग र तामाङ घेदुङ संघसँग आवद्ध संघ–संस्था र प्रतिनिधि एवं शुभचिन्तक नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई र्यालीमा सहभागी हुनको लागि बिहानको ६स्ः३० बजे आ–आफ्नो जातीय स्थानीय बाजागाजा र भेषभूषामा उपस्थित हुनु पर्नेसमेत उपाध्यक्ष स्थापितले बताए । यस बारेमा विस्तृत विवरण मूल आयोजक समारोह समितीको औपचारीक बैठक पश्चात कार्यक्रम सार्वजनिक गर्ने समेत उनले बताए ।

यसरी हुन गइरहेको ऐतिहासिक “बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा कार्यक्रम” को महत्व विशेष हुने भएकोले सम्बन्धित सम्पूर्ण महानुभाव, संघ–संस्था प्रतिनिधिहरुले आ–आफ्नो ठाउँबाट व्यापक प्रचार प्रसार सहभागी हुन पनि उपाध्यक्ष स्थापितले आग्रहसहित अनुरोध गरेका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ