arrow

६.१ रेक्टर स्केलको भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १५ शनिबार
earthquake-final-------.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको पूर्वी काउन्टी हुआलियननजिकै शनिबार गएको भूकम्पको तीव्रता ६.१ रेक्टर स्केल रहेको उक्त टापु देशको मौसम विभागले जनाएको छ ।

त्यहाँको प्रशासनले राजधानी ताइपेईका धेरै भवनहरू भूकम्पले हल्लाएको बताएको छ । यद्यपि क्षतिको विवरण भने प्राप्त भएको छैन । भूकम्पको केन्द्रविन्दु २४.९ किलोमिटर गहिराइमा रहेको मौसम विभागले जनाएको छ ।

यस महिनाको शुरुमा, हुआलियनमा ७.३ रेक्टर स्केलको भूकम्प गएको थियो, जसमा १७ जनाको मृत्यु भएको थियो । त्यसयता यहाँ एक हजारभन्दा बढी भूकम्पको धक्का महसुस गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ