- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । बलात्कारका दोषी राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी सन्दीप लामिछानेको मुद्दामा आज पनि हेर्न नमिल्नेमा राखिएको छ ।
काठमाडौा जिल्ला अदालतको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।
यसअघि पटक पटक हेर्न नभ्याइनेमा परेको यो मुद्धा आज हेर्न नमिल्नेमा राखिएको छ ।
यस मुद्दामा यसअघि झगडिया झिकाउन र गौशालाको जन्ममितिको विवरण झिकाउन आदेश दिइएको थियो ।
काठमाडौँ अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिबाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो ।
सन्दीप यही फैसला विरुद्ध उच्च अदालत गएका हुन् । त्यस्तै जिल्ला अदालतको फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय पनि उच्च अदालतमा पुनरावेदनमा गएको छ ।
उच्च अदालत पाटनले दुवै पुनरावेदनलाई एक साथ सुनुवाइ अगाडि बढाएको छ ।