- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले चलाएको स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट काठमाडौँमा स्वास्थ्य बिमा शुरु भएको छ ।
थापा मन्त्री हुँदा परिकल्पना गरेका महत्त्वपूर्ण दुई कार्यक्रम स्वास्थ्य बिमा र शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रको उनले शनिबार शुभारम्भ गरेका हुन् ।
शनिबार आफ्नै पहलमा संचालित शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र वडा नं ३० मा काठमाडौँ महानगरपालिकाको बिमा सेवा शुभारम्भ तथा स्वास्थ्य केन्द्रको दोस्रो वार्षिक उत्सव भब्यताका साथ सम्पन्न भएको हो ।
थापाले शुभारम्भपछि आफ्ना लागि सुखद र भावविह्लल गराउने क्षण रहेको बताएका छन् ।