arrow

जिल्लाको फैसला उच्चले उल्टायो, सन्दीप लामिछानेलाई निर्दोष ठहर, पीडितलाई सर्वोच्च जाने बाटो 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २ बुधबार
sandeep-lamichhane-81-2-2.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दालाई उच्च अदालत पाटनले उल्टाइदिएको छ । काठमाडौँ जिल्ला अदालतले बलात्कारमा दोषी ठहर गरेकामा उच्च अदालत पाटनले भने सन्दीपलाई सफाइ दिएको हो । 

जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेकामा मंगलबार र बुधबार दुवै पक्षको बहस सुनेपछि उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो । 

उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् । 

पीडितले भने अब न्यायका लागि सर्वोच्च अदालतको ढोका ढक्ढक्याउनु पर्ने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ