arrow

सन्दीपले सफाइ पाएपछि पीडितको पक्षमा खबरदारी प्रदर्शन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३ बिहिबार
sandip-rape-case-victim-81-.jpg

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको दोष मुद्दामा उन्मुक्ति पाएका छन् । काठमाडौँ जिल्ला अदालतले बलात्कारमा दोषी ठहर गरेकामा उच्च अदालत पाटनले भने सन्दीपलाई बुधबार सफाइ दिएको हो । 

जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेकामा मंगलबार र बुधबार दुवै पक्षको बहस सुनेपछि उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो । 

उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् । उनको निलम्बन नेपाल क्रिकेट संघ क्यानले फुकुवा गरेको छ । 

के हुन्छ पीडितको हकमा ?
पीडित गौशला २६ ले भने थप पीडामा बस्नुपर्ने भएको छ । सरकारबादी भएको मुद्दा अब न्यायका लागि सर्वोच्च अदालतको ढोका ढक्ढक्याउनु पर्नेछ । 

यद्यपि यसका लागि उच्च अदालतको पूर्णपाठ भने आउनु पर्नेछ । सोहीअनुसार मुद्दा सर्वोच्च अदालतमा जाने छ । 

यसैबीच बिहीबार पीडितको पक्षमा प्रदर्शन भएको छ । उनीहरुले राजधानीमा खबरदारी कार्यक्रम गरेका छन् । ‘गौशाला २६ का साथमा हामी छौँ’ नाराका साथ वैज्ञानिक समाजवादी महिला संगठन, नेपालले माइतीघर मण्डलामा बलात्कारको वैधानिकताविरुद्ध खबरदारी कार्यक्रम गरेको हो । 

यस्तो थियो गत माघ १६ गते काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गरेर दिएको पूर्णपाठ
जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको माघ १६ गते मंगलबार सार्वजनिक गरिएको पूर्णपाठमा पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको उल्लेख छ ।
  
न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी रु पाँच लाख भराउने फैसलाको पूर्णपाठमा पीडित ‘गौशाला २६’ को कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको उल्लेख छ ।
  
“निजको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको तथा पारिवारिक अवस्था पनि राम्रो नरहेको भन्ने देखिन्छ”, पूर्णपाठकमा भनिएको छ, “सो कुरा घटना विवरण कागज गर्ने देव खनालले बकपत्र गर्दा ‘आफ्नो पारिवारिक स्थिति राम्रो छैन भनेर भन्थिन, आर्थिक सहयोग खोजिरहेको कुरा गर्थिन् ।”
  
पूर्णपाठमा गौशाला २६ लाई बालिग ठहर गरेको क्रिकेटर लामिछानेले खेलाडीको रुपमा प्राप्त गरेको प्रसिद्धिको दुरुपयोग गरी पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै भेट गर्ने, घुमाउने अनि होटलमा एउटा मात्र कोठा लिएर गरेर करणी गर्ने मनसाय बनाएको उल्लेख छ ।
  
अदालतले गत पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्ने निर्णय गरेको थियो भने गत पुस २५ गते सजाय तोकेको थियो । लामिछानेविरुद्ध गत भदौ २१ गते २०७९ बालिका बलात्कार गरेको उजुरी परेपछि गत असोज २० गते अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको थियो ।
  
निजविरुद्ध अनुसन्धान गरेर प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत बलात्कारको मुद्दा जिल्ला अदालत काठमाडौँमा दायर गरेको थियो । उक्त मुद्दाको प्रारम्भिक सुनुवाइपछि अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
  
उक्त आदेशविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा दायर गरेको निवेदनमा गत पुस २८ मा न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले रु २० लाख धरौटीमा छाड्न आदेश दिएको भए पनि विदेश जान रोक लगाइएको थियो । लामिछानेले विदेश जान अनुमति माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
  
न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले गत फागुन १५ गते लामिछानेलाई क्रिकेट खेलका लागि विदेश जाने अनुमति पनि दिएको थियो । 

sandip-rape-case-victim-81-2-3 (1).jpg
sandip-rape-case-victim-81-2-3 (2).jpg
sandip-rape-case-victim-81-2-3 (3).jpg
sandip-rape-case-victim-81-2-3 (4).jpg
sandip-rape-case-victim-81-2-3 (5).jpg
sandip-rape-case-victim-81-2-3 (6).jpg
sandip-rape-case-victim-81-2-3 (7).jpg
sandip-rape-case-victim-81-2-3 (8).jpg
sandip-rape-case-victim-81-2-3 (9).jpg
sandip-rape-case-victim-81-2-3 (10).jpg
sandip-rape-case-victim-81-2-3 (11).jpg
sandip-rape-case-victim-81-2-3 (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ