arrow

संसदभित्रको अप्रिय स्थितिको जिम्मा सभामुखले लिनुपर्छ - गगन थापा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ४ शुक्रबार
gagan-thapa-81-2-3.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदभित्र अप्रिय स्थितिको सिर्जना भएको भन्दै त्यसको जिम्मेवारी सभामुखले लिनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकपछि पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले संसदभित्र अप्रिय स्थितिको सिर्जना भएको भन्दै सभामुखको कारण त्यस्तो स्थिति आएको बताएका हुन् । 

उनले सभामुखले सत्तारुढ दलका तीन पार्टीका अध्यक्षहरुसँग परामर्श गरेर उनीहरुको निर्देशन अनुरुप बैठकमा कांग्रेसलाई पेलेर अगाडि बढेको बताए । उनले संसदमा जबर्जस्ती कार्यसूची प्रवेश गराएर सभामुखले अप्रिय र अनपेक्षित स्थिति सिर्जना गरेको बताए । 

नेता थापाले सभामुखले आफ्नो निष्पक्ष भुमिका निर्वाह गर्न चुकेको बताए । उनले भने, ‘आज सदनमा जे दृश्य देखियो । यो सन्दर्भमा सभामुखले सदनको सभामुखको जिम्मेवारीबाट जुन भुमिका निर्वाह गर्नुपर्ने हो । त्यो निर्वाह गर्न सर्वथा चुक्नुभएको भन्ने हाम्रो ठहर रहेको छ । सदनमा सत्तापक्ष, प्रतिपक्षको बिचमा कयौँ विषयहरुमा कुराकानी मिल्दैन । र सदनमा सभामुखलाई दलगत आवद्धताबाट मुक्त भएको र आफ्नो पुरानो दलगत रुझानहरुबाट पूर्ण रुपमा अलग्ग भएर तटस्थ भुमिका निर्वाह गर्ने एउटा अभिभावकको रुपमा अपेक्षा गरेका हुन्छौँ । हामीले आज सभामुखलाई बिहानैपनि हामीले गरिरहेका प्रयासहरुका बारेमा जानकारी गराएका थियौँ । अहिले पनि संसदीय छानविन समितिको सन्दर्भमा भइरहेको घटना विकासक्रमको बारेमा जानकारी गराएका थियौँ । आज सदनको बैठक प्रारम्भ भइसके पछाडी सदनको काम, कारबाही अगाडी बढ्न सक्दैन भनेर हामीले आफ्नो बिरोध प्रकट ग¥यौँ । आज प्रमुख प्रतिपक्षी दल त वेलमा पुगेको थियो नै । आज सदनभित्र अन्य सबै प्रतिपक्षी बेञ्चमा रहेका प्रायः सबै दलका माननीयहरु आज उठ्नुभएको अवस्था थियो । प्रमुख प्रतिपक्ष दल वेलमा पुगेको र संसदभित्रका अन्य सम्पूर्ण प्रतिपक्ष दलहरु उभिइरहेको अवस्थामा सभामुखले त्योभन्दा अगाडी सत्तापक्षको तीनवटा पार्टीका अध्यक्षहरुसँग परामर्श गरेर आएर जे जति कुराहरु सदनभित्र गराउनका निम्ति निर्देशन दिइयो । हुबहु त्यसको पालना गरेको देखियो । कांग्रेसको अवरोधको बाबजुद पनि सदन अगाडी बढ्छ भन्ने हिजो एमालेको अध्यक्षले त्यसका बारेमा हुंकार गर्नुभएको र त्यसलाई पुरा गर्नका निम्ति सभामुखको पदको जिम्मेवारी पूरा भएको दृश्य आज हामीले सदनमा देख्यौँ । आज सदनभित्र जे अप्रिय स्थितिको सिर्जना भयो यसको मुल जिम्मेवारी सभामुखले लिनुपर्छ । किनकी सदनमा जर्बजस्ति विषय कार्यसूचीमा प्रवेश गराएर एक प्रकारको अप्रिय, अनपेक्षित स्थितिको सिर्जना गर्ने कामको मुल जिम्मेवारी सभामुखले लिनुपर्छ । सभामुख एउटा पार्टीको नेताको आदेश पालकको रुपमा उहाँको भुमिका यसरी रहने कुरा हाम्रो निम्ति दुःखको विषय हो । सभामुखलाई हामी उहाँको भुमिकाप्रति जिम्मेवारीपूर्ण ढंगबाट निर्वाह गर्नका निम्ति सचेत गराउन चाहन्छौँ ।’
 

सदभित्रको अप्रिय स्थितिको जिम्मा सभामुखले लिनुपर्छ - गगन थापा

लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ