arrow

प्रतिशोध साँध्ने पुर्जी

कांग्रेस नेताहरुसँग सिरोहिया भन्छन् – ‘प्रतिशोध साँध्ने काम हो, तयारी गरी गाडीमा औषधि लिएर आएको छु’ [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ८ मंगलबार
kantipur-media-group-building.jpg

काठमाडौँ । पक्राउ पुर्जी जारी भएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियाले आफू तयारीका साथ कार्यालय आएको बताएका छन् । ग्रुपको कार्यालय थापाथलीमा उनलाई भेट्न पुगेका नेपाली कांग्रेसका नेताहरुसँग कुराकानी गर्दै सिरोहियाले आफूमाथि समाचार लेखेकै भरमा प्रतिशोध साँध्न गृहमन्त्री रवि लामिछाने लागेको बताए । 

भेटका क्रममा नेताहरुसँग उनले आफूसँग दुई ओटा नागरिकता नरहेको र २०५७ सालमा प्रतिलिपि लिएको बताएको कांग्रेस सांसद प्रतिमा गौतमले जानकारी दिइन् ।

सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हो । धनुषा जिल्ला अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले सिरोहियाविरुद्ध पक्राउ पूर्जी जारी भएको बताए ।

सिरोहियाविरुद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो । कान्तिपुर दैनिकले गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी र त्यसमा उनको संलग्नताबारे शृंखलाबद्ध रूपमा प्रमाणसहित समाचार छापिरहेको छ ।

अहिले पक्राउ पुर्जी जारी हुनुमा गृहमन्त्री लामिछानेकै हात रहेको दाबी गरिएको छ । यससँगै कांग्रेस नेताहरु सत्यतथ्य बुझ्न कान्तिपुरको कार्यालयमा गएका हुन् । 

कार्यालयमा सांसद गौतमसँगै पूर्व मन्त्री एनपी साउद, रामहरि खतिवडा, दीपक गिरी, कुशुम थापा, चन्दा चौधरी, राजेन्द्र बजगाई, रामनाथ अधिकारी, केन्द्रीस्य सदस्य डा. गोविन्द पोखरेल, रामकृष्ण यादव, राजु थापा, वीरबहादुर बलायरलगायत रहेका थिए । 

उनीहरुले सत्यतथ्य के हो भनी सिरोहियालाई सोधेका थिए । जवाफमा सिरोहियाले आफूले कुनै गल्ती नगरेको दाबी गरेका छन् । 

उनले आफूलाई पक्राउ गर्ने भनेपछि सबै तयारी गरेर (औषधिमुलो सबै गाडीमा लिएर) कार्यालयमा आएको बताउँदै ‘मैले कुनै गल्ती गरेको छैन । मैले दोहोरो नागरिकता लिएको छैन’ भनेका छन् । 

उनले यसलाई मिडियामाथि गरिएको प्रहार भएकोसमेत बताउँदै कांग्रेस नेताहरुसँग ‘मैले गल्ती गरेको भए म जस्तोसुकै सजाय भोग्न तयार छु’ भनेको नेतृ गौतमले जानकारी दिइन् । 

उनले शिरोहिया दोषी भए कारबाहीमा जाने तर कसैमाथिा पनि प्रतिशोध साँध्ने किसिमले पक्राउ पुर्जी जारी गरिएको भए त्यसविरुद्ध आवाज उठाउने बताइन् । 

आफैँ दोहोरो नागरिकता लिएका रविले निरन्तर कान्तिपुर दैनिकमा सहकारी प्रकरणमा दोषी पाइएका प्रमाण आइरहँदा प्रतिशोध साँध्नका लागि नै शिरोहियामाथि यो किसिमको पुर्जी जारी गरिएको आँकलन भइरहेको छ । 

कांग्रेसले संसदबाट रविविरुद्ध छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गर्दै संसदमा अवरोध गर्दै आएको छ । 

सरकारले कांग्रेसका माग नसुनी अगाडि बढ्न खोजेपछि लोकतन्त्र, संसदको गरिमा र मर्यादाका साथै लाखौँ नेपालीको सहकारीमा भएको लगानी बचाउन सडक आन्दोलनसम्मको तयारी गरेको छ । 

यसका लागि बुधबार केन्द्रीय समिति र कांग्रेस संसदीय दलको संयुक्त बैठक बोलाएको छ । 

वरिष्ठ अधिवक्ताहरु शम्भु थापा र उपेन्द्रकेशरी न्यौपानेका साथै एनआरएनएका पूर्व अध्यक्ष उपेन्द्र महतो लगायतसमेत सिरोहियालाई भेट्न पुगेका छन् । कान्तिपुर बाहिर सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । 

sirohiya-kantipur-congress-leaders (1).jpg
sirohiya-kantipur-congress-leaders (2).jpg
sirohiya-kantipur-congress-leaders (3).jpg
sirohiya-kantipur-congress-leaders (4).jpg
sirohiya-kantipur-congress-leaders (5).jpg
sirohiya-kantipur-congress-leaders (6).jpg
sirohiya-kantipur-congress-leaders (7).jpg
sirohiya-kantipur-congress-leaders (8).jpg
sirohiya-kantipur-congress-leaders (9).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ