arrow

सफाइ पाएर विश्वकप खेल्न जान लागेका सन्दीपलाई अमेरिकाले दिएन भिसा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ९ बुधबार
sandeep-lamichhane-81.jpg

काठमाडौँ । अमेरिकाले उच्च अदालतबाट बलात्कार मुद्दामा सफाइ पाएर टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिका जान लागेका सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ ।

सन्दीपले अमेरिकाले आफ्रूलाई भिसा दिन अस्वीकार गरेको जानकारी दिएका छन् । उनलाई यसअघि सन् २०१९ मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो । सन्दीप आईसीसी टी-२० विश्वकपका लागि नेपाली टिममा सामेल हुन अमेरिका जाने तयारीमा रहेका थिए । 

पाटन उच्च अदालतले सफाई दिएपछि नेपाल क्रिकेट संघ क्यानले उनलाई टिममा सामेल गर्ने प्रक्रिया शुरु गरेको थियो ।   

काठमाडौँ जिल्ला अदालतले गौशाला–२६ को बलात्कार मुद्दामा दोषी ठहर गरेको भए पनि उनले उच्च अदालत पाटनबाट भने सफाइ पाएका थिए । 

आगामी जुन २ तारिख जेठ २० गतेदेखि टी–२० विश्वकप शुरु हुँदैछ । नेपाली टिम भने यसअघि नै अमेरिकामा अभ्यासरत रहेको छ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा विश्वकप हुन लागेको हो । 

नेपाल समूह डीमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ