arrow

सरकारको रवैया निरंकुशता उन्मुख - गगन थापा [भिडियो]

 यसले बिस्तारै बिस्तारै तपाईँ हामीले प्राप्त गरेको उपलब्धि गुमाउनेछौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १३ आइतबार
gagan-thapa-03-12.jpg

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख रहेको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सत्ता गठजोडले देखाएको रवैया निरंकुशताउन्मुख र अनुदारवादी रहेको बताए । 

उनले अहिलेको रवैयाले प्राप्त गरेको उपलब्धि गुमाउने खतरा कायम रहेको बताए । उनले प्रेस स्वतन्त्रता भनेकै प्रजातन्त्र रहेको भन्दै प्रेसलाई अङ्कुश लगाउने काम गर्न नहुने बताए । उनले प्रतिपक्षलाई संसद्मा नियन्त्रण र बाहिर प्रश्नलाई नियन्त्रण गर्ने राम्रो नरहेको बताए । महामन्त्री थापाले नेपाली कांग्रेसले अहिले लिएको अडान आम सर्वसाधारण नागरिकसँग जोडिएको बताए ।

उनले भने, ‘प्रेस स्वतन्त्रता भनेकै प्रजातन्त्र हो । प्रेसले प्रश्न उठाउन छोड्यो भने, त्यसले त्यहाँ भित्रबाट आफ्नो दुबिधाहरू राख्न छोड्यो भने डेमोक्रेसी त म¥यो । त्यसैले कन्टेनमाथि सत्ताले कन्ट्रोल गर्नु हुँदैन । प्रतिपक्षलाई संसद्मा नियन्त्रण गर्ने, बाहिर प्रश्नलाई नियन्त्रण गर्ने । यो प्रयोग भइरहेको छ । मेरो बारेमा के लेख्यो भन्ने आधारमा मिडियालाई नियन्त्रण गर्न थाल्यो भने कहाँ पुग्छौँ हामी । नेपाली कांग्रेसले अहिले लिएको पोजिसन प्रकारान्तरले तपाईंहरुसँग जोडिएको छ । किनभने तपाईँ आज माइतीघरको मण्डलामा उभिएर एक जना निहत्था नागरिकले प्रश्न गर्न पाउनुपर्छ । हाम्रो विरोध प्रदर्शन जुन सत्ताले रवैया देखाइरहेको छ, निरङ्कुशता उन्मुख रवैया हो यो । यो जुन खालको गठजोड छ, यो गठजोडले देखाएको रवैया निरंकुशताउन्मुख छ, अनुदारवादी छ । यसले बिस्तारै बिस्तारै तपाईँ हामीले प्राप्त गरेको उपलब्धि गुमाउनेछौँ । अहिले बोल्ने बेला आएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ