arrow

अमेरिकाले सन्दीपलाई फेरि पनि दिएन भिसा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १७ बिहिबार
sandeep-lamichhane-02-02.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । उच्च अदालतबाट बलात्कार मुद्दामा सफाइ पाएपछि टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिका जान खोजेका क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि भिसा दिन अस्वीकार गरेको छ ।

परराष्ट्र मन्त्रालयले दूतावासलाई नोट पठाएपछि अन्तर्वार्ताका लागि बोलाए पनि उनलाई भिसा दिन अस्वीकार गरेको हो । 

नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए ।

योसँगै उनको विश्वकप खेल्न जाने सम्भावना अब सकिएको छ । सन् २०१९ मा पनि उनले भिसा पाएका थिएनन् । 

अमेरिकी दृष्टिकोणमा उनलाई विश्वास गर्ने आधार नदेखेरै भिसा नदिएको बुझिन्छ । 

यद्यपि यसअघि अमेरिकाले कुनै पनि व्यक्तिका बारेमा बाहिर स्पष्टीकरण दिने चलन नरहेको बताएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ