arrow

गणेशमान बाटिकालाई सहयोग गर्छौँ : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १८ शुक्रबार
Shalik.jpg

मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भक्तपुर सूर्यविनायक नगरपालिका-५ मा स्थापना गरिएको गणेशमान बाटिकालाई प्रदेश सरकारबाट सहयोग प्राप्त हुने बताएका छन् ।

मुख्यमन्त्री कार्यालयमा स्व गणेशमान स्मृति प्रतिष्ठानका सभापति माथवरसिंह बस्नेतसँगको भेटमा मुख्यमन्त्री जम्कट्टेलले बाटिकालाई आगामी आर्थिक वर्षको बजेटमा बजेट विनियोजन गरिने बताएका हुन् ।

प्रदेश सरकारले उक्त बाटिकाको लागि चालु आवको बजेटमा बजेट विनियोजन गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ