arrow

संसदमा गगन

संसदीय छानबिन समितिले रविमाथि पनि छानबिन गर्छ - गगन थापा [भिडियो]

अबको हिसाब किताब प्रधानमन्त्रीसँग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २० आइतबार
gagan-thapa-02-20.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन गर्ने बताएका छन् । सूर्यदर्शन सहकारीलगायतका सहकारीबाट गोर्खा मिडियाले लिएको रकम अपचलन अभियोगमा समितिले गृहमन्त्री लामिछानेलाई पनि बयानमा बोलाएर कारबाहीका लागि सिफारिस गर्नुपर्ने बताएका हुन् । 

गोर्खा मिडिया सञ्चालन गर्ने त्यसका मालिक जीवी होस् कि, छवि होस् कि, रवि होस् कि कवि होस् सबैलाई बोलाएर छानबिन गरी कानूनी कारबाहीको लागि सिफारिस गर्ने महामन्त्री थापाले विश्वास व्यक्त गरे । आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले सो छानबिन समितिका बसेका सबै सदस्यहरूले त्यसका लागि जिम्मेवार भएर काम गर्ने अपेक्षा समेत आफ्नो पार्टीले गरेको बताए । महामन्त्री थापाले गोर्खा मिडियामा सहकारीबाट आएको सबै रकमको पनि समितिले छानबिन गर्नुपर्ने बताए ।

उनले भने, हामीले उठाएको विषय माननीय गृहमन्त्रीसँग जोडिएको छ । हामीले त सिधा नाम नै राखेर छलफल गरौँ भन्यौँ । सुन्न त हामीले अन्तर्राष्ट्रिय समिति नै बनाउन तयार छौ भन्ने सुनिएकै हो । तर बन्द कोठामा मान्नुभएन । अनि हामीले सोच्यौँ–भात जसरी खाए पनि उही हो । त्यसैले सूर्य दर्शन लगायतका सहकारीहरू जसबाट गोर्खा मिडियामा रकम गएको छ । त्यो रकम एक रुपैयाँ गएको पनि गैरकानूनी हो । त्यो गैरकानूनी रकम प्रवाह भएको बारेमा अध्ययन हुन्छ । यो समितिले सहकारीको खाता पनि पल्टाउँछ । गोर्खा मिडियाको खाता पनि पल्टाउँछ । खाता मात्रै पल्टाउँदैन । त्यो गोर्खा मिडिया सञ्चालन गर्ने त्यसका मालिक जीवी होस कि, छवि होस कि, रवि होस कि कवि होस् उसलाई पनि बोलाउँछ । बकाइदा बोलाउँछ । छानबिन गर्छ । बयान लिन्छ । सबैभन्दा राम्रो कुरा यसले अन्तिममा भन्छ–कानून बमोजिम कारबाहीको सिफारिस गर्छ । नखाएको विष लाग्नुहुँदैन भन्नेमा हामी प्रस्ट छौं । यदि नखाएको हो भने यसको विष लाग्न हुँदैन । समितिका बसेका सबै साथीहरूबाट हामी त्यही भूमिकाको अपेक्षा गर्दछौँ । हाम्रो तर्फबाट जानु भएका साथीहरूले पनि त्यही नै काम गर्नुहुन्छ ।

महामन्त्री थापाले सहकारी ठगी प्रकरणमा दोषीलाई कारबाही गर्नुपर्ने र निर्दोषलाई उन्मुक्ति दिनुपर्ने पक्षमा आफूहरू रहेको बताए ।

थापाले अबको हिसाब किताब प्रधानमन्त्रीसँग नै हुने बताएका छन् । यसअघि गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधनका क्रममा बोलेका विषय उठाउँदै महामन्त्री थापाले अब आफूहरुको हिसाबकिताब गृहमन्त्रीसँग नभएर प्रधानमन्त्रीसँग हुने बताएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ