arrow

मधेस प्रदेश 

भागबण्डा मिलेसँगै जनमतका सिंहले पेश गरे मुख्यमन्त्रीमा दाबी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २५ शुक्रबार
satish-kumar-shing-janamat.jpg

काठमाडौँ । मन्त्रालय बाँडफाँडमा सहमति जुटेसँगै मधेस प्रदेशको मुख्यमन्त्री पदमा जनमत पार्टीबाट सांसद सतिशकुमार सिंहले दाबी पेश गरेका छन् । शुक्रबार बिहान गठबन्धनका दलहरुबीच सहमति जुटेसँगै उनले दाबी पेश गरेका हुन् । 

उनले ५५ जना सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् । १०७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका २४, जनमतका १३, नेकपा (माओवादी केन्द्र) का ९ र नेकपा (एकीकृत समाजवादी) का ७ सांसद छन् । 

त्यस्तै संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्तिका एक÷एक सांसदहरूले पनि सत्ता गठबन्धनलाई साथ दिएका छन् । 

दलहरुबीच सहमतिअनुसार एमालेले भौतिक पूर्वाधार विकास मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र खेलकुद तथा समाज कल्याण मन्त्रालय पाएको छ । 

नेकपा (माओवादी केन्द्र) लाई अर्थ र पर्यटन मन्त्रालय, नेकपा (एकीकृत समाजवादी) लाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र ऊर्जा तथा सिँचाइ मन्त्रालय दिने सहमति भएको छ । 

जनमत पार्टीलाई वन तथा वातावरण मन्त्रालय दिने सहमति भएको छ । १–१ सिटको नेपाल संघीय समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानून र नागरिक उन्मुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको छ । 

मुख्यमन्त्री सिंहले आज सवा १२ बजे शपथग्रहण गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ