arrow

अब २०८४ सालसम्म कांग्रेस संसद्‌भित्र प्रतिपक्षको भूमिकामा बस्छ - गगन थापा [भिडियो]

शिक्षामन्त्रीमाथि ओलीको अभिव्यक्ति स्त्रीद्वेषी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २६ शनिबार
gagan-thapa-02-26.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालसम्म नेपाली कांग्रेस संघीय संसदभित्र प्रतिपक्षको भूमिकामा रहने दाबी गरेका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले चुनावमा गएअनुसारको प्रतिविद्धताअनुसार सरकारमै रहनुपर्ने भए पनि सरकारमा रहेका केही राजनीतिक दलहरूले प्रतिबद्धता बिर्सिँदा कांग्रेस प्रतिपक्षमा पुगेको बताए। 

उनले कांग्रेसले अब ०८४ सम्म अब सरकार बनाउन, सरकार गिराउन कतै आँखा पनि नलगाउने र हात नलम्ब्याउने पनि नगर्ने बताए। महामन्त्री थापाले प्रतिपक्षको भूमिका निर्वाह गर्दै गर्दा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र)सँग कुराकानी गर्न छोड्ने भन्ने नहुने बताए। उनले कांग्रेस संसद्को ठुलो दल र संविधान निर्माण गर्नेको नेतृत्व गरेको पार्टी भएकाले केही जिम्मेवारी रहेको भन्दै संविधानमा केही कुराहरू संशोधनका लागि अन्य राजनीतिक दलहरूसँग कुराकानीमा रहने बताए।

उनले भने, ‘अहिले हामी प्रतिपक्षमा आएका छौँ । हाम्रो चाहनाले होइन । परिस्थितिले हामीलाई प्रतिपक्षमा ल्याएको छ । यो सन्दर्भमा हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक बस्छ, केही दिनमा । बैठकमा छलफल गरेर औपचारिक निर्णय गर्दछ । त्यो अघि हामीले नेतृत्व तहमा बसेर प्रशस्त छलफल गरेका छौँ । त्या छलफलबाट केही समझदारी कायम गरेका छौँ । अब २०८४ सालसम्म नेपाली कांग्रेस संघीय संसदभित्र प्रतिपक्षको भूमिकामा बस्छ । हामी ०८४ सम्म अब सरकार बनाउन, सरकार गिराउन, कतै आँखा पनि लगाउँदैनौँ, हात पनि लम्काउँदैनौँ । हामीलाई नियतिले प्रतिपक्षको भूमिकामा पुर्‍यायो, हामी त्यहीँ बस्छौँ । प्रतिपक्षको भूमिका निर्वाह गर्दछौँ । प्रतिपक्षको भूमिका निर्वाह गर्दै गर्दा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र)सँग कुराकानी नै गर्दैनौँ त ? मज्जाले गर्छौँ । किनभने हाम्रा केही जिम्मेवारी छन् । अहिले पनि हामी संसद्को ठुलो पार्टी हो । अहिले पनि हामी संविधान निर्माण गर्नेको नेतृत्व गरेको पार्टी हो । त्यसैले हाम्रो केही जिम्मेवारी छ । संविधान जोगाउने हो र टिकाउनको निम्ति यो संविधानमा केही कुरा नबदलीकन हुँदैन । चाहे हाम्रो प्रदेशको रचनाको कुरा होस्, यसलाई जस्ताको त्यस्तै बोकेर हुँदैन । यसलाई टिकाउन केही कुरामा बदवाल ल्याउनुपर्छ । निर्वाचन प्रणालीका बारेमा पनि केही कुरा परिमार्जन गर्नुपर्नेछ ।’

महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठमाथि अभद्र टिप्पणी गरेको आरोप लगाए। उनले ओलीले महिला भएकै कारणले स्त्रीदोषी अभिव्यक्ति दिनुभएको बताए। उनले ओलीको अभिव्यक्ति विभेदपूर्ण, गलत र घृणायुक्त रहेको बताए। उनले यस सम्बन्धमा नेपाली कांग्रेसले ओलीको अभिव्यक्ति गलत हो भन्न सक्नुपर्ने बताए।

उनले भने, ‘केही दिनअघि नेपालको एक जना पूर्व प्रधानमन्त्रीले अहिलेको बहालवाला मन्त्रीको बारेमा तुच्छ टिप्पणी गरे । महिला भएको कारणले हेपेर टिप्पणी गरे । त्यो हेपाई र उनले दिएको अभिव्यक्ति स्त्रीदोषी पनि थियो । त्यो विभेदपूर्ण, गलत र घृणाले भरिएको थियो । नेपाली कांग्रेसको एउटा व्यक्तिले त्यो घटनाका बारेमा धारणा बनाउँदै गर्दा नअल्मलिकन धारणा बनाउनुपर्छ । एउटा पूर्वप्रधानमन्त्रीले, पार्टीको नेताले अर्को पार्टीको नेता, जो बहालवाला मन्त्री हुनुहुन्छ, उसको बारेमा मात्रै होइन, कुनै पनि नेपाली नागरिक र महिलाका बारेमा गरेको यो टिप्पणी गलत छ । कांग्रेसका आँखाले हेर्दा गलत भन्न सक्नुपर्छ ।’

महामन्त्री थापाले पार्टीका विषयमा छलफल गर्ने परिपाटी पुनः विकास गर्न जरुरी रहेको बताए। उनले काठमाडौं कांग्रेसले रिभाइभ गरेर अघि बढ्न जरुरी रहेको बताए। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै नयाँ राजनीतिक दल भन्दैमा दोषबाट मुक्त गर्न नमिल्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ