arrow

सन्दीपले वेष्ट इन्डिज गएर दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध विश्वकप खेल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २८ सोमबार
sandeep-lamichhane-81.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । उच्च अदालत पाटनबाट बलात्कार मुद्दामा दोषमुक्त भएपछि क्रिकेटर सन्दीप लामिछाने अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा सहभागी हुने भएका छन् । अमेरिकाले भिसा नदिएर रोकिएका सन्दीप वेष्ट इन्डिजमा गएर बंगलादेश र दक्षिण अफ्रिकाविरुद्ध खेल्नेछन् । 

अमेरिकाले भिसा नदिए पनि वेष्ट इन्डिज गएर उनी दुई खेल खेल्नेछन् । पूर्वघोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीपलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेस गरेको नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ । 

“सन्दीप लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेका तर उनको अमेरिकी भिसा प्राप्त नभए पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेशविरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने जानकारी गराउन चाहन्छौँ” विज्ञप्तिमा उल्लेख छ । 

नेपालले अमेरिकाको डालासमा भएको पहिलो खेलमा नेदरल्याण्ड्ससँग हार बेहोरेको छ भने बुधबार श्रीलंकासँग खेल्दैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ