arrow

सन्दीप लामिछानेबारे क्यान अध्यक्ष चन्दको नयाँ खुलासा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २९ मंगलबार
chaturbahadur-chand-81.jpg

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले क्रिकेटर सन्दीप लामिछानेलाई वेस्ट इन्डिज पठाउने क्रममा एक साता अगाडि नै क्यानाडा पठाएको खुलासा गरेका छन् ।

नेपाल ट्युब अस्ट्रेलियाले युट्युबमा सार्वजनिक गरेको चन्दसँगको कुराकानीमा सन्दीपलाई अवरोध हुनसक्ने अनुमान गरेर गोप्य रुपमा क्यानाडा पठाएको बताएका हुन् । 

अध्यक्ष चन्दले सन्दीपले क्यानडामा एक हप्ता अभ्याससमेत गरेको दाबी गर्दै उनलाई हाल क्यानाडाका प्रशिक्षक रहेका पुबुदु दासनायकेले सहयोग गरेको बताएका छन् ।

चन्दले भनेका छन्, ‘टोरन्टोमा हुँदा पनि उनी निरन्तर अभ्यासमा नै थिए । यसमा पूर्वप्रशिक्षकले भित्री रूपमा सहयोग गर्नुभयो । विभिन्न अवरोध र बाधा अड्चन हुन्थ्यो भनेर हामीले उनलाई गोप्य रूपमा पुर्‍याएका हौँ । यसमा हामी सफल भएका छौँ ।’

अध्यक्ष चन्दले नेपाललाई विश्वकपमा पुर्याउन सन्दीपको ठूलो योगदान रहेकाले उनी विश्वकप खेल्न हकदार रहेको बताए । त्यसैले नै अमेरिकाको भिसा नपाए पनि वेस्ट इन्डिजमा खेलाउन क्यानले प्रयास गरेको र यसमा क्यान सफल भएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ