arrow

बागमती प्रदेशका सवारीले नयाँ आवमा कति तिर्नुपर्छ कर ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २ आइतबार
vehicle-jadibuti-bheed.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशभित्र दर्ता भइ सञ्चालन हुने सवारी साधनका लागि नयाँ करको दर निर्धारण गरेको छ । आर्थिक वर्ष २०८१–८२ का लागि प्रदेश सरकारले सो दर सार्वजनिक गरेको हो । 

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले शनिबार प्रदेश सभामा आर्थिक विधेयक प्रस्तुत गर्दै उक्त दर तोकेको हो । यसमध्ये अघिल्लो वर्षको दरमा सामान्य हेरफेर मात्रै भएको छ । 

यस अनुसार पेट्रोल डिजेलबाट चल्ने दुइपाङ्ग्रे सवारीमा १२५ सीसीसम्मको लागि ३००० रुपैयाँ, १२५–१५० सीसीसम्म ५००० रुपैयाँ, १५०–२२५ सम्म ६५०० रुपैयाँ, २२५–४०० सीसीसम्मको लागि १२००० रुपैयाँ, ४०० देखि ६५० सीसीसम्मको २५००० रुपैयाँ तथा त्योभन्दा माथिको लागि ३५००० रुपैयाँ वार्षिक कर निर्धारण गरिएको छ । 

त्यस्तै, निजी सवारी साधनको रुपमा दर्ता भएका कार, जीप, भ्यान, माइक्रोबस लगायत १००० सीसीसम्मको कारको लागि २२००० रुपैयाँ, १०००–१५०० सीसीसम्म २५००० रुपैयाँ, १५००–२००० सीसीसम्म २७००० रुपैयाँ, २०००–२५०० सीसीसम्म ३७००० रुपैयाँ, ३५००–४००० सीसीसम्म ५०००० रुपैयाँ तथा त्योभन्दा धेरै क्षमताका सवारीका लागि वार्षिक ७०००० रुपैयाँ कर निर्धारण गरिएको छ । 

सार्जजनिक तथा भाडाका कार, जीप, भ्यान, माइक्रोबस लगायत १००० सीसीसम्मको कारको लागि ११००० रुपैयाँ, १०००–१५०० सीसीसम्म १२५०० रुपैयाँ, १५००–२००० सीसीसम्म १३५०० रुपैयाँ, २०००–२५०० सीसीसम्म १४५०० रुपैयाँ, ३५००–४००० सीसीसम्म १७५०० रुपैयाँ तथा त्योभन्दा धेरै क्षमताका सवारीका लागि वार्षिक १९००० रुपैयाँ कर निर्धारण गरिएको छ । 

इलेक्ट्रिकतर्फ ५० वाटसम्मको मोटरसाइकललाई १ हजार रुपैयाँ, ५०–३५० वाटसम्मको लागि १५०० रुपैयाँ, १०००–१५०० वाटका लागि २५०० रुपैयाँ र त्यसभन्दा माथिका लागि ३००० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । 

इलेक्ट्रिकतर्फ निजी सवारीसाधनमा ५० किलोवाटसम्म ५००० रुपैयाँ, ५०–१२५ किलोवाटसम्म १५००० रुपैयाँ, १२५–२०० किलोवाटसम्म २०००० रुपैयाँ र त्योभन्दा माथिका लागि ३०००० रुपैयाँ कर तोकिएको छ । 

इलेक्ट्रिकतर्फ भाडामा सञ्चालन हुने सवारीसाधनमा ५० किलोवाटसम्म ३००० रुपैयाँ, ५०–१२५ किलोवाटसम्म ५००० रुपैयाँ, १२५–२०० किलोवाटसम्म १०००० रुपैयाँ र त्योभन्दा माथिका लागि १५००० रुपैयाँ सवारी साधन शुल्क तोकिएको छ । 

यो करमा दमकल, एम्बुलेन्स, शब बाहनलगायत सवारी साधन तथा आपांगता भएका व्यक्तिले चढ्ने सवारी साधनमा कर मिनाहा गरिएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ