arrow

काठमाडौँमा छ किलो सुनसहित चिनियाँ मुलका नागरिक पक्राउ, ४८ लाख नगद बरामद 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३ सोमबार
crime-final-everytime-use.jpg

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईआबी) ले छ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक सोनाम गुरुङ रहेको सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होसवन्द्र बोगटीले जानकारी दिए । 

उनले भने, “काठमाडौँबाट छ किलो सुनसहित सोनाम गुरुङ भन्ने चिनियाँ मूलका नागरिकलाई पक्राउ गरिएको छ, यस विषयमा थप अनुसन्धान भइरहेको छ ।” पक्राउ परेका गुरुङको घरबाट प्रहरीले रु ४८ लाख नगद पनि बरामद गरेको सीआईबी ले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ