arrow

डिशहोम फाइबरनेटले ल्यायो क्रिकेट लक्षित ७२ घण्टे नयाँ अफर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३२ शुक्रबार
dish-home-81-2-32.jpg

काठमाडौँ । डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त ६ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने तथा १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त ३ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर सार्वजनिक गरेको छ ।

अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा जारी टी–२० विश्वकपमा नेपालले समूह चरणको तेस्रो खेलमा शनिबार  बिहान ५:१५ बजे दक्षिण अफ्रिकासँग  तथा सोमबार बिहान ५:१५ बजे बंगलादेशसँग चौथो तथा अन्तिम खेल खेल्ने खुशीयालीमा डिशहोम फाइबरनेटले आज दिउँसो २ बजे 'इतिहास रच्न तयार गोर्खाली' शीर्षकमा यो ७२ घण्टे नयाँ अफरको घोषणा आफ्नो सामाजिक सञ्जाल (फेसबुक) मार्फत गरेको हो ।

रिचार्ज गर्नको लागि ग्राहकहरूले आफू नजिकै रहेको डिशहोमको डिलर दाई कहाँ गई बिना कुनै झन्झट सजिलै रिचार्ज गरी यस गज्जबको अफरको फाइदा उठाउन सकिने डिशहोमले जनाएको छ । 

साथै अनलाइन पेमेन्ट वालेटमार्फत पनि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ । थप जानकारीको लागि ग्राहकवर्गले ९८०१५४४००० मा सम्पर्क गर्न सकिनेछ ।  

यो विशेष ७२ घण्टे अफरले नेपालको क्रिकेट टोलीलाई साथ र समर्थन गर्ने र विस्तारित उच्च स्पिड इन्टरनेटको साथ आफ्ना ग्राहकहरूलाई पुरस्कृत गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ