arrow

४.९ रेक्टर स्केलको भूकम्प 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ९ आइतबार
earthquake-final-------.jpg
तस्बिर – फाइल ।

टोकियो । जापानको फुकुशिमाको तटीय क्षेत्रमा आइतबार ४.९ रेक्टर स्केलको भूकम्प गएको छ । जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार भूकम्पको केन्द्रविन्दु फुकुशिमा प्रान्तको तटीय क्षेत्रमा ५० किलोमिटर गहिराइमा रहेको थियो ।

 भूकम्पका कारण कुनै मानवीय क्षति वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । जापान चार टेक्टोनिक प्लेटहरूको मिलन बिन्दुमा अवस्थित छ, जसले यसलाई विशेष गरी भूकम्पीय गतिविधिको लागि संवेदनशील बनाएको छ ।
 
यो १०० सक्रिय ज्वालामुखीहरूको घर पनि हो । सन् २०११ मा जापानमा ९ रेक्टर स्केलको भूकम्प गएको थियो र सुनामी आएको थियो । भूकम्पका कारण १५ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो भने फुकुशिमा आणविक केन्द्रमा विपत्ति आएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ