arrow

तात्दै सिंहदरबार प्रशासन, को छन् मुख्यसचिवको दौडमा ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ११ मंगलबार
dinesh-bhattarai-eknarayan-.jpg

काठमाडौँ । सरकारले मुख्यसचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर पठाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्याललाई विशेष अदालतमा भ्रष्टाचार प्रकरणमा मुद्धा दायर गरेसँगै निलम्बनमा परेपछि उनका लागि विशेष पद सिर्जना गरेको हो । 

प्रधानमन्त्री कार्यालयमा रहेकी लिलादेवी गड्तौलालाई निमित्त दिएर सरकार नयाँ मुख्यसचिवको खोजीमा लागेको छ । सिंहदरबारभित्र प्रतिस्पर्धामा रहेका सचिवहरुबीच मुख्यसचिवका लागि दौडधुप शुरु भएको छ ।

वर्तमान मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध मुद्धा दायर भए लगत्तै मुख्यसचिवका लागि दौडधुप शुरु भएको हो । हाल तोयानारायण ज्ञवाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई, एकनाराण अर्याल र अर्जुन पोखरेल प्रतिस्पर्धामा देखिएका छन् । उनीहरुमध्ये सरकारले कसलाई जिम्मेवारी दिन्छ प्रष्ट भएको छैन । 

वरीयताको तेस्रो नम्बरमा रहेका भट्टराई र चौथो नम्बरमा रहेका अर्यालमध्ये एकलाई जिम्मेवारी दिने गरी राजनीतिक तहमा छलफल शुरु भएको छ । ‘अर्याल र भट्टराई नै अहिलेको सरकारको रोजाई हो, तर कसले बाजी मार्ने भन्ने यकिन भैसकेको छैन’, प्रधामन्त्री कार्यालयका एक सचिवले भने ।

मुख्यसचिव ज्ञवाली भदौमा, सुवेदी कात्तिकमा, भट्टराई माघ अन्तिममा, अर्याल फागुनमा र पोखरेल २०८२ बैशाख २ गते अवकाश हुँदैछन् । ज्ञवाली हाल राष्ट्रिय योजना आयोगमा, सुवेदी सञ्चारमा, भट्टराई महिला बालबालिका मन्त्रालयमा र अर्याल गृह मन्त्रालयको जिम्मेवारीमा छन् । 

भट्टराई यसअघि गृहमन्त्रालयको जिम्मेवारीमा थिए । गृहको जिम्मेवारीमा रहेका भट्टराई प्रधानमन्त्री पुष्पकमल दाहाल र  एमाले अध्यक्ष केपी ओलीसँग समानान्तर रुपमा नजिक छन् । त्यस्तै अर्यालको पनि दुवै जनासँग उत्तिकै राम्रो सम्बन्ध रहेको छ ।

मुख्यसचिवकै दौडमा रहेका अर्याल भने सोमबार साँझ अमेरिका उडेका छन् । गृहसचिव अर्याल तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक अमेरिका भ्रमणमा गएका हुन् । 

हरेक वर्ष आयोजना हुने विश्वका प्रहरी प्रमुखहरुको सम्मेलनमा सहभागी हुन गृहसचिव अर्यालसहित प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अमेरिका गएका हुन् । 

गत वर्ष महानिरीक्षक कुँवरको अमेरिका भ्रमण तय भएपनि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा अन्तिम चरणमा पुगेकाले भ्रमण रोकिएको थियो ।
 
यसपटक गृहसचिव पनि जान लागेका हुन् । उनीहरुको भ्रमण एक साता लामो हुने गृह मन्त्रालयले जनाएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ