arrow

बार्दलीमा बसेर बागमतीका मन्त्रीको 'बार्गेनिङ'

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
yubraj-dulal-bagmati-minist.jpg

काठमाडौँ । काठमाडौँको शंखमुलमा बार्दली नामको एउटा रेष्टुरेन्ट छ । हिजोआज अक्सर त्यहाँ एउटा झण्डावाला सरकारी गाडी अडिएको हुन्छ, बागमती प्रदेश ००३-००१झ-०१३२ । यो गाडी अरु कसैको नभएर बाग्मती प्रदेशका भौतिक पूर्वाधारमन्त्री युवराज दुलालको हो ।

आर्थिक वर्षको अन्तिम समयमा उच्च बजेट खर्च हुने समयमा उनी अहिले हेटौँडा खासै बस्दैनन्, काठमाडौँमै बसेर उनले स्थानीय तहका प्रमुखहरु तथा ठेकेदारहरुसँग बार्गेनिङ गर्ने गरेको स्रोतको दाबी छ ।  

खासगरी ठेकेदार तथा स्थानीय तहका प्रमुखहरुको बार्गेनिङका लागि दुलाललाई काभ्रेको महाभारत गाउँपालिकाका प्रमुख कान्छा लाल जिम्वाले साथ दिँदै आएको स्रोत बताउँछ । उनीहरु दुवैजना माओवादी केन्द्रका सांसद हुन् । जिम्वा आफैँमा ठेकेदारसमेत हुन् ।

चालु आर्थिक वर्षमा बागमती प्रदेशले ल्याएको ६२ अर्ब ७० करोड रुपैयाँको बजेटमध्ये भौतिक पूर्वाधार मन्त्रालयको बजेट एक तिहाई भन्दा धेरै छ ।

चालु वर्षमा उक्त मन्त्रालयलाई २१ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । उक्त बजेटमध्ये सबैभन्दा धेरै विकास निर्माणलाई छुट्याइएको छ । तीमध्ये कतिपय ठेक्काहरु प्रदेश अन्तर्गतका निकायहरुबाट कार्यान्वयन हुन्छ । 

स्थानीय तहमा हस्तान्तरण भएर गएका आयोजनाहरुको स्थानीय तहबाटै कार्यान्वयन हुने भए पनि दायित्व भने प्रदेशकै हुन्छ । यस्तो अवस्थामा असार मसान्तको अन्तिम समयमा सम्पन्न भइसकेका कामको धमाधम रकम निकासा गर्नुपर्ने समयमा मन्त्री दुलाल उठौती धन्धामा लागेको स्रोतको दाबी छ । 

कांग्रेस र एमालेको सत्ता गठबन्धन बनेर बागमती प्रदेश सरकार ढल्ने निश्चित भएसँगै अहिले पूरीले यो गतिविधिलाई थप तीव्रता दिएका छन् । 

सहमति अनुसार केन्द्रबाट एमाले मन्त्री फिर्ता हुने बित्तिकै प्रदेशमा समेत मन्त्रीहरुले सामूहिक राजीनामा दिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी छ ।

त्यसैले यो सरकारको आयु एक महिना हाराहारी भन्दा धेरै छैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ