arrow

छ मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त [भिडियो]

पाए विश्वासको मत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २२ शनिबार
sathishkumar-madhesh.jpg

काठमाडौँ । मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारमा रहेका ४ दलका ६ मन्त्रीहरूलाई पदबाट बर्खास्त गरेका छन् । मुख्यमन्त्री सिंहले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरूलाई बर्खास्त गरेका हुन् ।

 नेकपा एमाले–नेपाली कांग्रेससँग भएको सहमतिअनुसार मुख्यमन्त्री सिंहले चार दलका ६ मन्त्री बर्खास्त गरेका हुन् । अर्थमन्त्री भरतप्रसाद साह, उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपाने, ऊर्जा सिँचाइ तथा खानेपानीमन्त्री बेची लुङ्गेली, गृह तथा सञ्चारमन्त्री विमला अन्सारी र श्रम तथा यातायात मन्त्री उर्मिला चौधरीलाई मुख्यमन्त्री सिंहले बर्खास्त गरेका छन् ।

 ६ दलको समर्थनमा जनमत पार्टीका सिंह गत जेठ २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए । आजै कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीलाई मधेस सरकारमा सहभागी गराउने मुख्यमन्त्रीको तयारी समेत रहेको छ । मुख्यमन्त्री सिंहले प्रदेश सभाबाट विश्वासको मत लिएका छन्। जेष्ठ २५ गते मुख्यमन्त्रीको सपथ लिएका मुख्यमन्त्री सिंहले शनिबार प्रदेश सभामा विश्वासको मत प्राप्त गरेको हो । प्रदेश सभामा मत विभाजन गराउँदा उपस्थित १०१ जना प्रदेश सांसदमध्ये मुख्यमन्त्रीको पक्षमा ६७ मत र विपक्षमा ३४ मत परेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ