arrow

केन्द्रको प्रभाव बागमती प्रदेशमा

एमाले सरकारबाट बाहिरियो, पाँच मन्त्रीले बुझाए राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २४ सोमबार
salikram-jamkattel-81.jpg
मुख्यमन्त्री शालिकराम जम्कट्टेल

मकवानपुर । बागमती प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिएको छ । उक्त पार्टीबाट मन्त्रिपरिषद्मा सहभागी सबै पाँचजनाले मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा पेस गरेका छन्। ।

एमालेका आर्थिक मामिला तथा योजनामन्त्री जन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोख्रेल, खानेपानी ऊर्जा सिँचाइमन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र उद्योग, वाणिज्य तथा भूमि प्रशासनमन्त्री प्रकाश श्रेष्ठले राजीनमा दिएका हुन् । 

केन्द्रमा नेपाली कांग्रेस र एमालले राष्ट्रिय सहमतिको सरकार गठनका निम्ति सहमति गरेसँगै त्यसको प्रभाव प्रदेश सरकारमा परेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ