arrow
ADVERTISEMENT

जनतालाई राहत दिने कुरामा जोड दिएर सरकारले काम गर्नुपर्छ - उपप्रधानमन्त्री सिंह [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
prakashman-03-31.jpg

काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनतालाई राहत दिने कुरामा जोड दिएर आफूहरूले काम गर्ने बताएका छन् । सोमबार शीतल निवासमा शपथग्रहण गरे लगत्तै सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेको उनले प्रतिबद्धता व्यक्त गरे । 

जनताको अपेक्षा अनुसार काम नभएको हुनाले नयाँ सरकारले उनीहरूलाई राहत दिने कुरामा जोड दिएर अघि बढ्नुपर्ने उपप्रधानमन्त्री सिंहको भनाई थियो । उनले जनतालाई सुविधा दिने खालको आधुनिक सहर बनाउने कुरालाई प्राथमिकता दिएर काम गर्ने पनि बताए । 

उपप्रधानमन्त्री सिंहले भने, अस्थिरताबाट गुज्रिरहेको नेपालको राष्ट्रिय राजनीतिलाई राजनीतिक स्थिरता र स्थायित्वमा परिणत गर्नका लागि अहिले यो पार्लियामेण्टको सबैभन्दा ठूलो दल र सेकेन्ड ठूलो दल मिलेर सरकारको गठन भएको छ । अहिले हामीहरूले यो मन्त्रालयमा म आइसकेपछि यो सहरी विकास मन्त्रालय भएको कारणले गर्दा नेपालको शहरहरुलाई व्यवस्थित गर्नका लागि र अहिलेको आधुनिक मान्यता अनुरूप जनताको चाहना अनुरूप सुविधा दिन लायक सहर बनाउनको लागि यो मन्त्रालयको काम, कर्तव्य र अधिकार जे छ, त्यसको सीमा भित्र बसेर यो कामलाई अघि बढाउनेतिर लाग्नुपर्छ । र मुख्य कुरा के हो भन्दा खेरी कि जनतामा अपेक्षा अनुसार काम भएन भन्ने छ । अव यो देशका ठूला दलहरू मिलेर बनाएको यो सरकार भएको कारणले गर्दा हाम्रो ध्यान डेलिभर गर्नेमा काम गर्नुपर्नेमा, जनतालाई राहत दिनुपर्नेमा त्यसमा चाहिँ विशेष जोड दिएर हामी अगाडि बढ्नु पर्छ भन्ने लागेको छ । त्यही हो । 
                  
उपप्रधानमन्त्री सिंहले जनतालाई सुविधा दिन लायक शहर बनाउने काममा पनि आफू लाग्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ