arrow

मेडिकल सञ्चालक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २ बुधबार
keshimaya-thapa.jpg

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले एक मेडिकल सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका वडा नं. २ गणेशमान मार्गस्थित धनबहादुर मास्के राना मगरको नाममा दर्ता रहेको प्रशन थापा मेडिकल हलकी सञ्चालक ५३ बर्षकी केशीमाया थापा मगर छन् ।

प्रहरीका अनुसार केशीमायाले डाक्टरको सिफारिस बिना मानव शरीरमा गम्भीर असर पुग्ने जोखिमपूर्ण औषधि विक्री वितरण गर्दै आएकी थिइन् ।

विशेष सूचनाको आधारमा प्रहरीले मेडिकल पसल खानतलासी गर्दा बसलबाट प्रिनुरा ७५ प्रिगबलिन क्याप्सुल १२, प्रिनुरा १५० प्रिगबलिन क्याप्सुल १२ र डाइक्लोमाइन हाइड्रोक्लोराइन ८८ ट्याबलेट बरामद भएको थियो ।

पक्राउ परेकी केशीमायाबिरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १९ को दफा २३४ को उपदफा १ बमोजिम तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान सुरु गरिएको तनहुँ प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ