arrow

कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ५ शनिबार
bagmati-pradesh-hetuda1.png
फाइल तस्बिर

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिको शुक्रबार ललितपुरमा सम्पन्न बैठकले बागमती प्रदेश सरकार मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ । 

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न कांग्रेस बागमती प्रदेश सभा संसदीय दललाई निर्देशन दिने निर्णय गरेको प्रदेशसभा सदस्य तथा प्रदेश मामिला समितिका सभापति छिरिङदोर्जे लामाले जानकारी दिए ।

मुख्यमन्त्री जम्कट्टेलले यही साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पाँच जनाले सामूहिक रुपमा राजीनामा दिएपछि मुख्यमन्त्री जम्कट्टेलको सरकार अल्पमतमा परेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ