arrow

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
salikram-jamkattel-81.jpg
तस्बिर – फाइल ।

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् । प्रदेश सभाको आइतबारको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले सम्बोधन गर्दै आफ्नो नेतृत्वमा रहेको मौजुदा अल्पमतको सरकारले अविश्वासको प्रस्तावलाई निकास दिने उद्देश्यले आइतबारै बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा दिने घोषणा गरे । 

प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले सो बैठक सञ्चालन भएलगत्तै मुख्यमन्त्री जम्कट्टेललाई अविश्वासको प्रस्तावको पक्षमा बोल्ने समय दिएका थिए । प्रदेश सभाका सभामुख पाठकले अर्को सूचना जारी नभएसम्मका लागि आइतबारको बैठक स्थगित गरे । 

संघमा दुई ठूला दलहरु नेपाली कांग्रेसु र एमाले मिलेसँगै प्रदेशमा माओवादी नेतृत्वका सरकार ढल्दै गएका छन् । लुम्बिनीमा पनि माओवादीको सरकार ढलेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ