arrow

बागमतीमा नयाँ सरकार गठनको आह्वान, बहादुर सिंहको दाबी पेश गर्ने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
bagmati-province-new.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ अनुसार मंगलबार साँझ ५ बजेसम्मको समय दिएर सरकारमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।

मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।

नयाँ सरकार गठनको आह्वान भएसँगै कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् । 

लामालाई मुख्यमन्त्रीमा अघि सार्ने कांग्रेस संसदीय दलको निर्याय भइसकेको छ । उनलाई नेकपा एमालेको समर्थन रहेको छ ।

११० सदस्यीय प्रदेशसभामा सरकार निर्माणका लागि ५६ मत आवश्यक पर्छ । प्रदेशमा कांग्रेस र एमालेको सहजै बहुमत पुग्ने अवस्था छ । 

प्रदेश सभामा कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१, राप्रपाका १३, नेकपा (एस) का ७ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ