arrow

कांग्रेसका लामाले पेश गरे बागमतीमा सरकार बनाउने दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ८ मंगलबार
bahaduur-singh-lama-81.jpg

काठमाडौँ । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुरसिं लामाले दाबी पेश गरेका छन् ।

लामाले नेकपा एमाले र कांग्रेसका ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । ११० सदस्यीय प्रदेश सभामा कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् ।

कांग्रेस र एमालेबीचको सहमति अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ६ वटा मन्त्रालय र एमालेले बाँकी ६ मन्त्रालय लिने सहमति छ ।

बागमती प्रदेशमा पहिलोपटक नेपाली कांग्रेसले र देशमा पहिलोपटक तामाङ समुदायले मुख्यमन्त्री पाउने भएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ