arrow

गड्तौला पहिलो महिला मुख्यसचिव बन्न सफल, पाँच साता कार्यकाल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १० बिहिबार
liladevi-gadtaula-acting-cs.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई  मुख्य सचिव नियुक्त गरेको हो । 

यससँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन् । उनलाई असार ३१ गतेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो ।

त्यसअघि तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि असार ९ गते उनलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको थियो ।

गड्तौला भदौ १५ गतेसम्म मुख्यसचिव रहनेछिन् । उनले उमेर हदका कारण अवकाश लिँदैछिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ