arrow

बागमतीका मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १४ सोमबार
bahadur-singh-lama-oath-bagmati-81-4-9.jpg

बागमती । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले भोलि मंगलबार प्रदेशसभामा विश्वासको मत लिदैछन् । 

विश्वासको मत लिन मुख्यमन्त्री लामाले प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएको सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संबैधानिक व्यवस्थाअनुसार उनले विश्वासको मत लिन लागेका हुन् । 

“विश्वासको मतका लागि पत्र दर्ता भइसकेको छ”, सचिव दर्जीले भने, “पत्रअनुसार नै साउन १५ गते दिउँसो ३ बजेका लागि सभामुखबाट प्रदेशसभा बैठक आह्वान भएको छ ।” 

यही साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त लामाले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । 

प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा (एमाले)का २७, नेकपा (माओवादी केन्द्र)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा (एकीकृत समाजवादी)का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई जना प्रदेशसभा सदस्य छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ