arrow

चन्द्रका लागि लोकदर्शन मुख्यसचिवदेखि नै बाधक 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १५ मंगलबार
lokdarshan-chandra-ghimire.jpg

काठमाडौँ । मुख्यसचिवका लागि बाधक बनेका लोकदर्शन रेग्मी यसपटक राजदूतका लागि पनि बाधक बने । तत्कालीन सचिवद्वय चन्द्र घिमिरे र शंकरदास वैरागीमध्ये कसको पालो पहिला भन्ने थियो । तर त्यतिबेलामा मुख्यसचिव रेग्मीले बैरागीलाई ल्याउनका लागि बिचमै राजीनामा गर्दा घिमिरे मुख्यसचिव हुनुभन्दा पूर्व नै बाहिरिएका थिए । 

अहिले पनि शुरुमा अमेरिकाका लागि राजदूत सिफारिस भएका घिमिरेलाई पन्छाएर रेग्मी अमेरिकाको राजदूतका लागि सिफारिस भए । 

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले ७ असार २०८१ मा ८ देशका लागि राजदूत सिफारिस गर्यो । 

एमाले र माओवादी केन्द्रको गठबन्धन सरकारमा एमालेको कोटाबाट लोकदर्शन रेग्मी भारतका लागि सिफारिस भएका थिए भने चन्द्र घिमिरे अमेरिकाका लागि सिफारिस भएका थिए ।

तर असार १७ मा कांग्रेस एमालेको समीकरण बन्दा राजदूत सिफारिस पनि कार्यान्वयन भएन र नयाँ सिफारिस भए । 

त्यसमा रेग्मीलाई अमेरिका र घिमिरेलाई बेलायत सिफारिस गरिएको छ । पूर्वमुख्यसचिव रेग्मी प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा २०७७ मा मुख्यसचिव छोडेर बेलायतका लागि राजदूत भएका थिए । 

तिनै ओलीको जोडबलमा रेग्मीले रोजीछाडी राजदूत पद पाइरहेका छन् । पछिल्लो समय रेग्मीले ओलीलाई प्रशासिनक काममा सहयोग गर्दै आएका थिए । 

प्रशासनको क्षेत्रमा राति अबेरसम्म बसेर रेग्मीले ओलीलाई ब्रिफिङ गर्ने र त्यही अनुसार ओलीले बाहिर बोल्ने र जानकारी लिने गरेका थिए । 

ओलीलाई रेग्मीले नै विकास सम्बन्धी तथ्य र तथ्यांङकहरु दिने र त्यससँग सम्बन्धी कार्यको प्रगति विवरण प्रस्तुत गर्ने गरेका थिए । 

त्यसकै उपहारस्वरुप उनले दोस्रो पटक राजदूत उपहार पाएका हुन् । रेग्मीकै कारण २०७७ मा मुख्यसचिव हुन नदिएका घिमिरेमाथि ओलीको आशीर्वादमा धोका दिएका छन् ।

घिमिरेलाई ७ असारको मन्त्रिपरिषद्ले अमेरिकाका लागि राजदूतमा सिफारिस गरेको थियो । एमालेकै कोटाबाट घिमिरे अमेरिका जान लागेका थिए । 

त्यसैले त्यतिबेला ओलीले मुख्यसचिव नबनाएर अन्याय गरेका घिमिरेलाई अमेरिकाका लागि राजदूत बनाएर न्याय गरे भन्ने टिप्पणी पनि भइरहेको थियो । 

कर्मचारी प्रशासनमा रेग्मी कांग्रेस र घिमिरे एमाले भनेर चिनिएका थिए । तर रेग्मी एकाएक एमाले भैदिए । जन्मजात एमालेलाई घचेटेर उनी खास एमाले भएपछि अहिले त्यसकै उपजमा राजदूत खाइरहेका छन् ।  

ओली कांग्रेससँगको सरकार बनाएपछि रेग्मीले भारतको राजदूत धरापमा परेपछि अमेरिका ताकेका थिए । उनले पहिला पनि अमेरिकाको राजदूत नै रोजेका थिए ।  

रेग्मीले मुख्यसचिव छोड्दा घिमिरे दौडबाटै बाहिरिएका थिए । अनि रेग्मी मुख्यसचिव छोडेर बेलायतको राजदूत भएका थिए । 

त्यतिबेला रेग्मीले रोजेको बेलायतको राजदूतमा घिमिरे जाने भएका छन् । रेग्मी र घिमिरेका रोचक संयोग अहिले कर्मचारी वृत्तमा पनि चर्चाका विषय बनेका छन् । २०७७ मा रेग्मीले कर्मचारी प्रशासनमा सेटिङको धन्दा चलाएर सचिव घिमिरेलाई मुख्य सचिव हुनबाट रोकेका थिए । 

रेग्मीले आफ्नो कार्यकाल पूरा नगरी राजीनामा गरेका थिए । २२ असोज २०७७ मा अवकाश हुँदै गरेका शंकरदास वैरागीलाई मुख्यसचिव बनाउन रेग्मीले आफ्नो कार्यकाल बाँकी छँदै राजीनामा दिएका गरेका थिए । 

अहिले तिनै शंकरदास प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ