arrow

उपसभामुखमाथि मानव तस्करीको आरोप लागेकोबारे सभामुखको धारणा माग [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १५ मंगलबार
indira-rana.jpg

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले उपसभामुख इन्दिरा रानामाथि मानव तस्करीको आरोप लागेकोप्रति सभामुखको धारणा माग गरेकी छन् । मङ्गलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद न्यौपानेले उपसभामुख रानामाथि मानव तस्करीको गम्भीर आरोप लागेको भन्दै छानबिनको माग गरेकी हुन् । 

उनले जिम्मेवार पदमा बसेको मान्छेमाथि गम्भीर आरोप लागेपछि छानबिनबाट दोषी वा निर्दोष हुन पाउने हक आरोपितको रहेको भन्दै यसप्रति ध्यानाकर्षण गराए । उनले यस सम्बन्धमा सभामुखको धारणा माग गर्नुभयो । त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतमा नेपाली नागरिकता नभएको अवस्थामा सांसद तथा मन्त्री समेत भएको भन्दै त्यसप्रति प्रश्न उठाए । 

उनले भनिन् – ‘आज कांग्रेस र एमालेलाई जसरी दोष लगाए म प्रश्न गर्न चाहन्छु, देशमा असहज स्थिति थियो होला । बाहिर पनि जानुपर्ने स्थिति थियो होला । त्यो नेपालीको बाध्यता म पनि बुझ्दछु । किनभने हामी नेपाली नै हौँ । नेपालको नागरिकता त्याग्छौँ बाहिरको नागरिकता लिएर भए पनि हामी विदेश जान्छौँ भन्ने पनि त नेपाली नै हो । सायद केही परिस्थिति परेर विदेश जानुभयो त्यो म मान्छु । तर नेपालमा फर्किइसकेपछि म त नेपाली हो नि, मेरो पहिलो कर्तव्य मैले नेपालको नागरिकता लिनुपर्छ भन्ने उनले सोच्नुभयो कि भएन ? के यो कांग्रेस र एमालेले लगाइदिएको आक्षेप हो ? म प्रश्न गर्न चाहन्छु, तपाईँले त्यो अवधिभर जुन काम गर्नुभयो आखिर नागरिकता रहेनछ । नागरिकता नहुँदै सांसद हुनुभयो । सांसद भएर मन्त्री हुनुभयो । मन्त्री भइसकेपछि लाइनमा लागेर नागरिकता लिनुभयो । अब त्यो अवधिमा तपाई नेपालको नागरिकता हुँनुहुँदो रहनेछ भन्ने पुष्टि भयो । त्यति बेलाको तपाईँको काम, कारबाहीलाई हामीले कसरी मूल्याङ्कन गर्ने ? उपसभामुखमाथि निकै चार्ज लागेको छ । उनले ५ जना असम्बन्धितलाई आफ्नो माथिबाट एक नम्बरमा राखेर पठाउनुभएको छ लेटरमा । ५ जना बालिकालाई नाम परिवर्तन गरेर लगेको कुरा पनि आएको छ । मानव तस्करीको गम्भीर आरोप उपसभामुखलाई लागेको छ, आरोप लाग्दैमा त्यो सही हो पनि म भन्दिनँ । तर अत्यन्तै गम्भीर विषय के हो भनेदेखि यस्तो जिम्मेवार पदमा बसेको मान्छेमाथि यस्तो गम्भीर आरोप लाग्दा उन दोषी होइन भन्ने कुनै निकायको छानबिनमार्फत निर्दोष छानबिन हुन उनको हक छ कि छैन ? यो सम्बन्धमा संसद्को नेतृत्व गर्ने सभामुखको धारणा के हो ? म उनको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ