arrow

बहादुर सिंह लामाले पाए विश्वासको मत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १५ मंगलबार
bahadur-singh-lama-81-4-15.jpg

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका मुख्यमन्त्री लामाको पक्षमा ६४ मत प्राप्त भएको हो ।

उनको विपक्षमा भने ३५ मत प्राप्त भएको थियो। तीन सांसद तटस्थ बसेका थिए ।

बागमती प्रदेश सभाका सभामुख भुवन पाठकले मुख्यमन्त्री लामाको पक्षमा आएको मत प्रदेश सभाको बहुमत भएकाले विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका थिए ।

नेपाली कांग्रेस र एमालेको समीकरण बनेसँगै माओवादी केन्द्रका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएसँगै लामा कांग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ