arrow

सरकारले विशेष ध्यान दिनुपर्ने

तराईका आपराधिक घटनामा राजनीतिक दल संलग्न रहेको रघुजीको आरोप [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १७ बिहिबार
raghujee-pant.jpg

काठमाडौँ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले तराईमा हुने आपराधिक घटनामा राजनीतिक पार्टीका मानिसहरू आफैँ संलग्न रहेको आरोप लगाएका छन् । तराईका पोलिटिसिएनहरुले कुनै न कुनै रूपमा त्यहाँ हुने आपराधिक गतिविधिमा सम्बन्ध राखेका कारण त्यहाँको अपराध नियन्त्रण गर्न प्रहरीले नसकेको सांसद पन्तको जिकिर थियो । 

उनले सबै राजनीतिक दलका मानिसहरूको तराईमा आपराधिक गतिविधिमा सम्बन्ध भएकाले त्यहाँको अपराध नियन्त्रण गर्नका लागि सरकारले सो विषयमा विशेष ध्यान दिनुपर्ने बताए । सांसद पन्तले खुला सिमानाको नियमनका कडाइ गर्न सके पनि नेपालको तराई क्षेत्रमा हुने आपराधिक गतिविधिमा आधा न्यूनीकरण गर्न सकिने दाबी गरे । 

उनले भने, ‘हाम्रो तराईतिरको असुरक्षाका मूल कारण भनेको खुला सिमाना हो । त्यसकारण मेरो भनाई के हो भने तराईको अपराधलाई नियन्त्रण गर्ने हो भने खुला सीमानालाई नियमन गर्न शुरु गरौँ । र त्यसलाई बिस्तारै अरू अन्तर्राष्ट्रिय सीमानाजस्तै तहमा पुर्‍यायौँ भने तराईमा देखिएको आधा अपराधको घटना नियन्त्रण हुन्छ । अब यो त प्रहरीको कन्ट्रोलमा छैन । दुई देश बीचको सम्बन्ध पनि हो । खुला सिमाना त प्रहरीले नियन्त्रण गर्न सक्दैन । तर हामीले बिर्सन नहुने कुरा के हो भने उतापट्टिी चाहिँ उनीहरूले चाहेको बेला सिमाना टाइट गरिदिन सक्छन् । यता हामीले भने चाहेको बेला गर्न सकिराखेका छैनौँ । त्यसकारण यसमा के ध्यान दिइयोस् भन्दा खेरी दीर्घकालीन रूपमा यो खुला सीमानालाई नियमन गर्नैपर्छ । तर त्यो भन्दा अगाडि तराईका पोलिटिसिएनहरु कुनै न कुनै त्यहाँ हुने नकारात्मक गतिविधिसँग हामी सम्बन्ध पाउँछौँ । यो दल, त्यो दल नभन्नुस् । तराईको यो सिरियस समस्या पनि छ । यो कुरामा सरकारले कडाइ गर्न सक्यो भने राम्रो हुन्छ । जब अपराधका घटनामा पोलिटिकल मान्छेहरू इन्भल्भ भएपछि पोलिसलाई गाली गरेर रोकिन्न ।' 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ