arrow
ADVERTISEMENT

वर्तमान सरकार राजनीतिक स्थिरता र स्थायित्वका लागि- उपप्रधानमन्त्री सिंह [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १९ शनिबार
prakashman-04-19.jpg

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्य राजनीतिक स्थिरता, स्थायित्वका लागि भएको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेको सरकार राजनीतिक स्थिरता र स्थायित्व दिनका लागि बनेको बताए । उनले राजनीतिक स्थिरता र स्थायित्वको जगमा आर्थिक परिवर्तन  गर्ने पनि बताए । उनले सामाजिक परिवर्तनका लागि पनि सरकार प्रतिबद्ध रहेको बताए । उनले विगतमा झैँ अहिले पनि साथ र सहयोग गर्न आग्रह गरे ।
 
उनले भने, ‘संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र दोस्रो ठुलो दल नेकपा एमाले मिलेर राजनीतिक स्थिरता, स्थायित्व दिनका लागि बनेको यो सरकार हो । यही राजनीतिक स्थिरता र स्थायित्वको जगमा आर्थिक परिवर्तन गर्ने प्रतिविद्धतासहित सामाजिक परिवर्तनका लागि हामी गएका छौँ । तपाईँहरूले जसरी हामीलाई साथ दिँदै आउनुभएको छ, हामीले पाएको जिम्मेवारी सफल पार्नको लागि साथ, सल्लाह, सुझाव आवश्यक छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ