arrow
ADVERTISEMENT

संविधानबाट प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिऔँ -उपप्रधानमन्त्री सिंह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २७ आइतबार
prakashman-04-24.jpg

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानबाट प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् । ललितपुरमा आईतवार राष्ट्रिय युवा परिषद्द्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी संविधान जारी भइसकेपछि प्राप्त गरेका अधिकारहरुलाई सुरक्षित राख्दै र परिमार्जित गर्दै कार्यान्वयन पक्षमा जोड दिनुपर्ने बताए । 

उनले अहिले भएका अधिकारहरु कसरी कार्यान्वयन गर्ने ? बढी भन्दा बढी देशका लागि फाइदा कसरी गराउने भन्नेतिर लाग्नुपर्ने बताए । उनले प्राप्त अधिकारलाई उपयोग गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए । 

उनले भने, ‘हामीले अहिले पोलिटिक्स राइट्सहरु प्राप्त गरेका छाँै । जुन २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी संविधान जारी भइसकेपछि हामीले प्राप्त गरेका अधिकारहरुलाई अब हामीले सुरक्षित राख्दै, परिमार्जित गर्दै कार्यान्वयन पक्षमा केही कमी कमजोरी भएको छ भने त्यसमा के गर्दा हुन्छ, भन्नेकुरामा हामीले हेर्नु राम्रो होला । म त अधिकार नै नभएको, राजनीतिक पार्टी ब्याण्ड भएको जमानाबाट हुर्किएको युवा हो । अहिले भएका अधिकारहरु कसरी हामीले कार्यान्वयन गर्ने ? त्यसबाट बढी भन्दा बढी देशका लागि फाइदा कसरी गराउने भन्नेतिर हामी लाग्नुपर्छ । प्राप्त गरेको अधिकारलाई मिनिमाइज गरेर, यो केही होइन, अझ बढी चाहिन्छ भनेर हामी अघि बढ्दा पाएका कुरा गुमिरहेका छन् ।’


उपप्रधानमन्त्री सिंहले देशमा बेरोजगारीको समस्या अहिले ठूलो रुपमा रहेको बताए । उनले ब्लेम गेम गरेर मात्रै समाज र देशको अवस्था नसुध्रिने बताए । अधिकारको कुरा मात्रै गर्ने तर जिम्मेवारी र दायित्व बिर्सिने कुरा राम्रो नभएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ