arrow

बागमती प्रदेशमा भदौ ४ गते सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १ शनिबार
public-holiday-sarwajanik-bida.jpg

मकवानपुर । बागमती प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबारको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले गाईजात्रा पर्वका अवसरमा आगामी मङ्गलबार बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ ।

साथै मन्त्रालयगत रुपमा आएको अस्थायी दरबन्दी स्वीकृत गर्ने समेत बैठकले निर्णय गरिएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ