arrow
ADVERTISEMENT

धरहरा चढ्न चाहनेहरूको बन्दोबस्त गर्न हामी लागिरहेका छौँ- उपप्रधानमन्त्री सिंह [भिडियो]

नयाँ शहरहरुलाई पनि सुरक्षित र व्यवस्थित गर्दै लैजाने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ५ बुधबार
prakashman-shing-05-05.jpg

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आम सर्वसाधारणका लागि धरहरा खुला गर्ने भएको छ । बुधबार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार पत्रकारहरूसँगको छलफलका क्रममा  उनले धरहराको सबै काम नसकिए पनि चढ्न चाहनेहरूका लागि आवश्यक बन्दोबस्त मिलाएर केही समयपछि नै खुला गर्ने जानकारी दिए । उनले संसद्कै पहिलो र दोस्रो ठूलो राजनीतिक दलहरू मिलेर सरकार बनेकाले नयाँ शहरहरुलाई पनि सुरक्षित र व्यवस्थित गर्दै लैजाने बताए । 

उपप्रधानमन्त्री सिंहले नयाँ संसद भवन आफू मन्त्री भएर आउँदा नै ८२ प्रतिशत काम सकिसकेको र अहिले काम जारी रहेकाले समय सीमाभित्रै काम सकेर सञ्चालन गर्ने तयारी रहेको पनि बताए । उनले काठमाडौं उपत्यकाको फोहोर मैला व्यवस्थापनका लागि पनि आवश्यक छलफल भइरहेको पनि बताए । राजधानीलाई सुधार गर्नुपर्छ भन्नेमा आफू सहमत रहेको र त्यसको लागि काम शुरु गरिसकेको पनि बताए । 

उनले भने, ‘संसद्कै पहिलो र दोस्रो ठूलो राजनीतिक दलहरू मिलेर सरकार बनेको छ । जुन तपाईँहरूले अपेक्षा गर्नुभएको छ । यो नयाँ शहररुको बारेमा के हुँदैछ ? यो धरहराको केही दिनमै कम्प्लिट पार्ट होइन, केही पार्ट इच्छुक हुने, धरहरा चढ्न चाहनेहरूको बन्दोबस्त गर्न हामी लागिरहेका छौँ । संसद्को भवन जुन छ, त्यसमा पनि म आउँदा कति प्रगति भएको छ भनेर सोधेँ । ८२ प्रतिशत त प्रगति भइसकेको छ । ८२ प्रतिशत प्रगति भएर के गर्नु ? त्यहाँ गएर पाल्र्यामेण्ट चलाउन सकिँदैन । सबै बनेर साउण्ड सिस्टम भएन भने कसरी चल्छ ? केही समस्या भए, अवरोध भए हटाउन केही सकिन्छ की भनेर लागिरहेका छौँ । ठेक्का लिएकाहरूले पनि समय सीमामा त बनाइसक्नुपर्छ नि । फोहोरमैलाकोमा पनि उपत्यका मेयर फोरमसँग पनि कुरा पटक पटक गरिसकेको छु । सबैले प्रयोग गर्ने तर जिम्मा कोही नलिने भन्ने भइरहेको छ । सबैको आइडिया लिइरहेका छौँ । एउटा निर्देशिका बनाएर फोहोर मैला के गर्ने भन्ने तयारी गरिरहेका छौँ । राजधानीलाई सुधार गर्नुपर्छ भन्नेमा म छु । राम्रो गर्न के गर्न सकिन्छ, म लागिरहेको छु ।’ 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ