arrow

गृह सचिव अर्याल मुख्य सचिवमा नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १३ बिहिबार
kp-oli-eknarayan-aryal-scre.jpg

काठमाडौँ । सरकारले गृह सचिव एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले हाल गृहसचिव रहेका अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको हो । योसँगै अर्याल २७ औं मुख्य सचिव बनेका छन् । 

२०७७ भदौमा सचिवमा बढुवा भएका अर्यालले गृह मन्त्रालयको सचिवको जिम्मेवारी सम्हाल्नुअघि प्रधानमन्त्री कार्यालय, श्रम र सामान्य प्रशासन मन्त्रालयको सचिवकोसमेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

ओली सरकारले नै उनलाई गृह सचिव बनाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ