arrow

ओली सरकारले कनिष्टलाई मुख्यसचिव बनाएपछि सचिव भट्टराई असन्तुष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १५ शनिबार
dinesh-bhattarai-secretary-retire-81-5-14.jpg

अपडेटः

काठमाडौँ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेश भट्टराईले मुख्य सचिव बन्न नपाएपछि असन्तुष्टि जनाए पनि राजीनामा भने दिएका छैनन् ।

यसअघि उनले राजीनामा दिएको समाचार आए पनि राजीनामा नदिएको उनी स्वयंले बताएका छन् ।

उनले मुख्य सचिव नियुक्तिमा असन्तुष्टि जनाएका हुन् । 

सरकारले चौथो वरियताका एकनारायण अर्याललाई मुख्य सचिव बनाएपछि दोस्रो वरियताका भट्टराई पालो मिचिएको भन्दै असन्तुष्ट छन् । 

यसअघि पहिलो वरीयतामा रहेका राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले भने राजीनामा नै दिएका थिए । 

(यसअघि आएको समाचार सच्याइएको छ)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ