arrow

सुशासन र विकास गर्न हामी दुई दल मिल्यौँ – उप्रधानमन्त्री सिंह

logo
सुनिल आउजी, 
प्रकाशित २०८१ असोज १ मंगलबार
prakashman-81-6-1y.jpg

धनगढी । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनतामा बढ्दै गएको निराशालाई चिर्न स्थायी सरकारको माध्यमबाट शान्ति सुरक्षा विकास सुशासन कायम गर्न  दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिल्न गएको बताएका छन् ।

आज प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । ‘संविधान संशोधन एक वा दुई दलले मात्र गरेर हुँदैन’, उनले भने ‘सबै दलको सहमतिले मात्र हुने हो ।’ 

उनले स्थिर सरकार र विकासको गतिलाई अगाडि बढाउन कांग्रेस र एमाले पार्टीको गठबन्धन भएको बताए । देशको अर्थतन्त्रमा परेका असरहरलाई चलायमान बनाउन सरकारले काम गरिरहेको पनि उनले पत्रकार सम्मेलनमा बताए । 

कोभिडपछि सुस्ताएको अर्थतन्त्रलाई गति दिन, पटकपटक हुने सरकार फेरबदल प्रकृयालाई रोक्न अहिलेको गठबन्धन भएको उनको भनाइ छ ।

 ‘जनतामा निराशा थियो विकास निर्माण सुस्त थियो’ उनले भने ‘जब कांग्रेस एमालेको गठबन्धन बन्यो सबै कुराले विस्तारै गति लिएको छ ।’ 

आज धनगढी उपमहानगरपालिकाको १० औँ स्थापना दिवस कार्यक्रममा सहभागी हुन धनगढी आइपुगेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ