arrow

सहकारी ठगमाथि समितिको प्रतिवेदन अनुसार कारबाही प्रक्रिया अघि बढ्छ- उपप्रधानमन्त्री सिंह [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २ बुधबार
prakashman-shing-06-02.jpg

काठमाडौँ ।  उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी बचत रकम दुरुपयोग भएको सम्बन्धमा प्रतिवेदनलाई आधार बनाएर कारबाही अघि बढाइने बताएका छन् ।

बुधबार गणेशमान सिंहको २७ औँ पुण्य तिथिमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै उनले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले संसद्मा प्रतिवेदन पेश गरिसकेको र सभामुख देवराज घिमिरेले पनि सरकारलाई समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिइसकेको भन्दै अब सोही प्रतिवेदनलाई आधार बनाएर सरकारले कारबाही शुरु गर्ने बताए । उनले समितिले दिएको प्रतिवेदनको अध्ययन गरी मन्त्रीपरिषद्मा छलफल गरेर कारबाही प्रक्रिया अघि बढाइने बताए । 

उनले भने, ‘अस्ति हाम्रो पाल्र्यामेण्ट बैठकमा विशेष छानबिन समितिले रिपोर्ट पेश गरेको छ । अब सभामुखले सरकारलाई कार्यान्वयनमा लैजानका लागि निर्देशन दिनुभएको छ । सरकारले रिपोर्टको अध्ययन गरेर, संसदीय समितिले रिपोर्ट दिएकाले त्यो सुझावलाई आधार मानेर मन्त्रीपरिषद्मा छलफल भएर चाँडै नै विधि र प्रक्रियाअनुसार अघि बढ्छ । संसदीय समितिले रिपोर्ट दिइसकेको छ, संसद्ले सरकारलाई निर्देशन दिइसकेको छ, अब यसलाई अघि बढाउनु भनेर । काम गर्ने भनेको सरकारले गर्दछ । संसद्ले छानबिन गरेर सुझाव दिएको छ । सरकारले अध्ययनका लागि विधि र प्रक्रिया पूरा गरी अघि बढाउँछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ