arrow

अपर तामाकोशी हाइड्रोका कर्मचारीले थाले आन्दोलन, कम्पनीको सवारी रोक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३ बिहिबार
upper-tamakoshi-hydro-dam-side.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सेवा सुविधामा विभेद गरेको भन्दै अपर तामाकोशी हाइड्रोपावर लिमिटेड स्थानीय दोलखा जिल्लाबासी करार कर्मचारी संघर्ष समितिले दिएको अल्टिमेटमको समय सकिएको छ । 

उनीहरुले असोज ३ गतेसम्मको समय दिएकामा उक्त समयभित्र कुनै पहल नभएपछि आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । जसअनुसार असोज ४ र ५ गते शान्तिपूर्ण धर्ना गरिने छ भने ६ गतेदेखि माग पूरा नहुन्जेलसम्म कम्पनीको सवारी साधन चलाउन रोक लगाउने निर्णय गरिएको छ । 

यसअघि भदौ २८ गते अपर तामाकोशीका प्रमुख कार्यकारी अधिकृतलाई अल्टिमेटम पत्र बुझाउँदै कर्मचारीहरुले कम्पनी व्यवस्थापनसँग गरिएको सहमतिअनुसार सेवा सुविधामा विभेद नगरी आफ्ना मागहरु असोज ३ गतेभित्र पूरा गर्न अल्टिमेटम दिएका थिए । 

उनीहरुले दोलखा जिल्ला बाहिरको कर्मचारीहरुले खाइपाइ आएको सेवा सुविधा नघटाइ दोलखा जिल्लाबासी र दोलखा जिल्ला बाहिरका सबै कर्मचारीहरुमा दिने सेवा सुविधामा समानता गर्ने सम्बन्धमा व्यवस्थापन पक्ष, कर्मचारी र क्रियाशील ट्रेड युनियनहरुबीच पटक पटक छलफल भइ व्यवस्थापन पक्षले उक्त विषयलाई यथाशीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता गरे पनि हालसम्म कार्यान्वयन नगरेको र खाइपाइ आएको सुविधासमेत कटौती गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका थिए ।  

असोज ३ गतेभित्र सेवा सुविधा नपाए संघर्षका कार्यक्रम अगाडि बढाइने चेतावनी समितिले दिएकामा उक्त चेतावनीको सुनुवाइ नभएपछि ४ गते शुक्रबारदेखि आन्दोलनका कार्यक्रम थालिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ