arrow

गाजामा इजरायली आक्रमण, कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २६ शनिबार
israel-palestine-lebanon-co.jpg
तस्बिर – फाइल ।

गाजा । उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले आफ्नो सैन्य कारबाहीलाई तीव्र पार्दा विगत २४ घण्टामा कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका छन् ।

गाजाको सिभिल डिफेन्स अथोरिटीले एक प्रेस विज्ञप्तिमा इजरायली युद्धक विमानहरूले जबलिया क्षेत्र र यसको शिविरमा बमबारी गरेको बताएको छ ।
      
स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूका अनुसार इजरायली सेनाले घर–घरमा व्यापक बमबारी सञ्चालन ग¥यो र ठूलो विस्फोट गराएको थियो ।

यहाँ बालबालिका र महिलासहित २५ प्यालेस्टिनीहरूको शव निकालेको र ९६ जना घाइते भएका चिकित्सा टोलीले सिन्ह्वालाई बताए । 

एक विश्वव्यापी चिकित्सा परोपकारी संस्था डाक्टर्स विदाउट बोर्डर्सले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै इजरायलको सैन्य कारबाहीका कारण हजारौं प्यालेस्टिनी अझै पनि जबलिया क्षेत्रमा फसेको बताइएको छ ।

गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या ४२ हजार एक सय ७५ जना पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ