arrow

प्रकाशमानको सय दिन

शहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन नयाँ नीतिहरू ल्याउँदैछौँ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ४ आइतबार
prakashman-07-03.jpg

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले शहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन नयाँ नीति र ऐनहरू ल्याउन जोड दिएको बताएका छन् । आइतबार मन्त्रालयमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरे । 

उपप्रधानमन्त्री सिंहले नीति निर्माणका लागि मन्त्रालय गम्भीर भएर लागेको बताए । उनले शहरी विकास मन्त्रालयले सय दिनमा कुनै पनि उल्लेखनीय काम गर्न नसक्ने भन्दै शुरु भएका कामहरूलाई सम्पन्न गर्नेतर्फ मन्त्रालय अग्रसर रहेको उल्लेख गरे । उनले मन्त्रालयलाई अझ व्यवस्थित गर्नको लागि शहरहरु व्यवस्थित गर्ने काममा आफूहरू लागि परेको बताए । उनले जलवायु परिवर्तनको असर विकराल बन्दै गएकाले शहर र गाउँलाई सुरक्षित गर्ने काममा सरकार गम्भीर भएर लागेको पनि बताए । उनले सरकारले गरेका राम्रा कामहरू सञ्चारमाध्यमहरूले प्रसारण गर्न कन्जुस्याइँ गर्न नहुने उल्लेख गरे । 

उनले भने, ‘अहिले केही भएको छैन, के गरे यिनीहरूले भन्छ तर रिजल्ट देख्नलाई पनि त समय त लाग्दो रहेछ नि त । यो सय दिनमा हामीले त्यस्तो उल्लेखनीय काम नगरेकै हो भनेर म यहाँ भन्न चाहन्छु । तर कुरा के हो भने मन्त्रालयलाई अझ व्यवस्थित गर्नको लागि हामीले शहरहरु व्यवस्थित गर्नको लागि, क्लाइमेटको अहिले त्यत्रो सनसनी भइरहेको छ । यो शहरहरुलाई सेफ गर्नको लागि गर्नुपर्ने कामहरू त्यसको लागि पोलिसीमा जोड दिएर हामी अघि बढ्नुपर्छ भन्ने कुरामा काम गरिरहेका छौँ । शहरी विकास मन्त्रालयबाट सय दिनमा नयाँ घोषणा गरेर सम्पन्न गरेको के हो ? भने भने त्यो गाह्रो हुन्छ । म यहाँ आइसकेपछि पनि मैले यही मन्त्रालयसँग सम्बन्धित प्रेसलाई पनि टाइम टु टाइम मिट गरेर सुझाव मागेका छौँ । जे काम गर्छौँ हामी खुला रूपमा गर्न चाहन्छौँ । राम्रा राम्रा काम गरेको बारेमा पनि मिडियाले भन्नुपर्‍यो । धरहरा केही समयको लागि निःशुल्क खुलाएका छौँ नि । गरेको कुरा त गरेको छ भनेर भन्नुपर्छ नि । मन्त्रालयबाट गर्नुपर्ने पोलिसी मेटर्सहरुमा पनि हामी गम्भीर भएर लागेका छौँ । काम गर्ने वातावरण बनाउन नयाँ नीति र ऐनहरू ल्याउन जोड दिइरहेका छौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ