arrow

उपचार सेवा पूर्ण निःशुल्क गर्ने गरी काम भइरहेको छ : मुख्यमन्त्री लामा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ५ सोमबार
bahaduur-singh-lama-81.jpg

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्योपचार सेवालाई पूर्ण निःशुल्क गर्ने गरी काम भइरहेको बताएका छन् । 

हेटौँडामा आयोजित प्रदेश स्वास्थ्य निर्देशनालयको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले स्वास्थ्य मन्त्रालय र मातहतका निकायले नागरिकलाई उपचारभन्दा पनि बिरामी हुनै नदिने गरी सुसूचित गर्ने खालका कार्यक्रम ल्याउन आग्रह गरे ।

“बजारका अप्रमाणित तथा स्वास्थ्यसम्बन्धी परीक्षण नगरिएका खाद्यवस्तु खाने, अव्यवस्थित जीवन पद्दति अवलम्बन गर्दा स्वास्थ्य समस्या हुन्छ, त्यसैले दैनिकी, खानपानलगायत स्वास्थ्य बन्ने कुरामा सचेत गराउने तथा स्वस्थ जीवन जिउन उत्प्रेरित गर्ने कार्यक्रम अघि सारेका छौँ, यसमा सबैको सहयोग आवश्यक छ”, उनको भनाइ थियो । 

प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले सङ्घीयता लागू भएपछि स्वास्थ्य क्षेत्रमा व्यापक सुधार भएको बताए ।

उनले अस्पताल प्रदेश सरकार मातहत आएपछि प्राविधिक तथा जनशक्तिमा समेत सुधार गरी सेवा प्रवाहलाई चुस्त बनाइएको उनले जिकिर गरे । 

स्वास्थ्यमन्त्री मगरले समीक्षा गोष्ठीसँगै गतवर्षको भएका कमजोरी सच्याएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले स्वास्थ्य क्षेत्रको सुधारका लागि कर्मचारी, स्वास्थ्यकर्मी र राजनीतिक नेतृत्वलगायत सबै जिम्मेवार बनेर अगाडि बढ्नुपर्ने धारणा राखे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ