arrow

विधिको शासन कायम गर्दा विरोध गर्ने परिपाटी अन्त्य हुन आवश्यक - प्रकाशमान सिंह [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १० शनिबार
prakashman-shing-07-10.jpg

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विधिको शासन कायम गर्ने क्रममा कानूनी प्रक्रिया अघि बढाउँदा विरोध गर्ने परिपाटीको अन्त्य हुन आवश्यक रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै  उनले राष्ट्रिय स्वतन्त्र पार्टीले विधिको शासनको कुरा गर्ने अनि गलत काम गर्ने व्यक्तिलाई पक्राउ गर्दा पक्राउ गर्नु हुँदैन भन्ने काम गरेको बताए ।

 उनले नेकपा (माओवादी केन्द्र) लगायतका प्रतिपक्ष दलहरूले विधिको शासन कायम गर्ने क्रममा प्रतिरोध गरेको भन्दै आपत्ति जनाए । उनले सरकार विधिको शासन कामय गर्न अघि बढ्ने बताए । उनले सरकारले सय दिनमा राखेको लक्ष्य पूरा गरेको पनि बताए । उनले विपक्षले उठाएका आवाजहरू तर्कसङ्गत नरहेको जिकिर गरे । 

उनले भने, ‘सरकारको यो सय दिनमा हरेक मन्त्रालयले राखेको टार्गेट प्रगति कति भएको छ भन्ने कुरा त घाम जस्तै छर्लङ्गै छ । टार्गेट गरे अनुसारको काम हरेक मन्त्रालयले अघि बढाइरहेको छ । अझ राम्रो गर्नका लागि अहिले हामी अघि बढिरहेका छौँ । विपक्षले जुन आवाज उठाइराख्नुभएको छ, यो कतिको तर्कसङ्गत छ ? भन्ने कुरा जनताले नै लेखाजोखा गर्छन् । डेमोक्रेटिक सिस्टममा अपोजिसनहरुले पनि त के हो भने बोल्न पाउने अधिकार छ । त्यसमा रोकतोक छैन । सरकार आफ्नो गतिअनुसार अघि बढिरहेको छ । विधिको शासन कायम गर्नको लागि कानूनले कारबाही गर्न प्रक्रियामा अघि बढाउँदा यो ठिक भएन भन्छ । अरूलाई ठिक रे विधिको शासन । आफूलाई परेपछि हुँदैन भनेर कहाँबाट हुन्छ ? सरकार विधिको शासन कामय गर्न अघि बढ्छ । आवश्यकताको आधारमा सबैलाई समावेश गरेर संविधान संशोधन हुन्छ ।’
 



नयाँ